शुक्रबार, असार ६, २०८२
English
Follow us:

मुम्बईलाई ५ विकटले स्तब्ध बनाउँदै पञ्जाब आईपीएलको फाइनलमा, उपाधिका लागि आरसीबीसँग भिड्ने

मुम्बईलाई ५ विकटले स्तब्ध बनाउँदै पञ्जाब आईपीएलको फाइनलमा, उपाधिका लागि आरसीबीसँग भिड्ने

  • खबर सेवा

  • सोमवार, जेष्ठ २०, २०८२

  • 74
    SHARES
मुम्बईलाई ५ विकटले स्तब्ध बनाउँदै पञ्जाब आईपीएलको फाइनलमा, उपाधिका लागि आरसीबीसँग भिड्ने

काठमाडौँ। मुम्बई इन्डियन्सलाई ५ विकटले स्तब्ध बनाउँदै पञ्जाब किङ्स् इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ।

गएराति भएको क्वालिफायर खेलमा टस हारे पहिले ब्याटिङ गरेको मुम्बईले ६ विकेट गुमाएर २०३ रन बनाएको थियो। २०४ रनको सो लक्ष्य पञ्जाबले एक ओभर बाँकी छँदै ५ विकेट गुमाएर पुरा गरेको थियो।

पञ्जाबको जितको लागि कप्तान श्रेयर ऐयरले अविजित ८७ रनको पारी खेले। ऐरले ४१ बलमा ५ चौका र ८ छक्कासहित ८७ रनको योगदान दिए। नेहाल वाधेराले २९ बलमा ४८ रन बनाए। नेहाल र श्रेयसले चौथो विकेटका लागि ८४ रनको साझेदारी गर्दै टोलीलाई जिततर्फ अघि बढाएका थिए। ओपनर प्रियांश आर्याले २० रन जोडे। जोश इंग्लिसले ३८ रनको योगदान दिँदा प्राभ्सिम्रन सिंहले ६ रन बनाए।

मुम्बईका अश्वनी कुमारले २ विकेट लिँदा ट्रेन्ट बोल्ट र हार्दिक पान्ड्याले १–१ विकेट हात पारे। त्यसअघि अमदाबादमा पानी परेर दुई घण्टा ढिला सुरु भएको खेलमा मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर २ सय ३ रन जोडेको थियो। कप्तान रोहित शर्मालाई तेस्रो ओभरमै ८ रनमा गुमाएपछि जोनी बेयरस्टो र तिलक वर्माले ५१ रनको साझेदारी गर्दै टोलीलाई राम्रो सुरुवात दिलाए।

बेयरस्टोले २४ बलमा ३ चौका र २ छक्कासहित ३८ रन जोडे। तिलक र सूर्यकुमार यादवले तेस्रो विकेटका लागि ७२ रनको साझेदारी गरे। सूर्यले २६ बलमा ४ चौका र ३ छक्कासहित ४४ रन जोडे। तिलक पनि १४औं ओभरमा आउट हुनुअघि २९ बलमा २ चौका र २ छक्कासहित समान ४४ रन बनाउँदै आउट भए।

नमन धिरले १८ बलमा ७ चौकासहित ३७ रन जोडेसँगै मुम्बईले २ सय रनको आँकडा छोएको थियो। कप्तान हार्दिक पान्ड्याले १३ बलमा १५ बनाए। पन्जाबका लागि अजमतुल्लाह ओमारजाइले २ तथा काइल जेमीसन, मार्कस स्टोइनस, विजयकुमार वाइसक र युजभेन्द्र चहलले १–१ विकेट लिए।

पहिलो क्वालिफायर्समा पन्जाबलाई ८ विकेटले हराउँदै रोयल च्यालेंजर्स बेंगलुरुले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ। फाइनल खेल मंगलबार अहमदाबाद मैदानमा हुनेछ। दुवै टिमले अहिलेसम्म उपाधि नजितेकाले यसपटक आईपीएले नयाँ विजेता पाउने भएको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology