युक्रेनद्वारा रुसी सैन्य अड्डाहरूमा ड्रोन आक्रमण
काठमाडौं। युक्रेनले रुसमाथि युद्ध सुरु गरेयता हालसम्मकै सबैभन्दा ठुलो र लामो दुरीको ड्रोन आक्रमण गरेको दाबी गरेको छ । आइतबार गरेको आक्रमणमा युक्रेनी सुरक्षा निकाय एसबीयूले ‘स्पाइडर्स वेब’ नाम दिइएको अभियानमा ११७ वटा ड्रोन प्रयोग गरी ४ वटा रुसी सैन्य हवाई अड्डाहरूमा आक्रमण गरेको जनाएको छ ।
उक्त आक्रमणमा रुसका ४० वटा युद्ध विमानहरूलाई निशाना बनाइएको राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ । बीबीसीका अनुसार यसले रुसका ३४ प्रतिशत रणनीतिक क्रूज मिसाइल क्यारियरहरूलाई असर पु¥याएको युक्रेनले दाबी गरेको छ ।
एसबीयू स्रोतहरूले बताएका अनुसार यो आक्रमण तयारी गर्न डेढ वर्ष समय लागेको थियो । ड्रोनहरू काठका मोबाइल क्याबिनमा लुकाएर, ट्रकमा राखिएका रिमोट–नियन्त्रित छाना भएका सवारीहरू प्रयोग गरेर एयरबेसहरू नजिकै ल्याइएका थिए । त्यसपछि उनीहरूलाई सही समयमा प्रक्षेपण गरिएको बताइएको छ ।
रुसले आफ्ना पाँच क्षेत्रमा युक्रेनी आक्रमण भएको पुष्टि गरेको छ । यसलाई उसले ‘आतंकवादी कार्य’ भनेको बीबीसीले जनाएको छ । युक्रेनी अधिकारीहरूले पनि आफ्ना क्षेत्रमा ठुलो मात्रामा ड्रोन र मिसाइल आक्रमण भएको बताएका छन् ।
यी घटनाहरूबिच रुस र युक्रेनका वार्ताकारहरू सोमबार दोस्रो चरणको शान्ति वार्ताका लागि टर्कीको इस्तानबुल जाँदैछन् । यद्यपि, दुवै पक्षको युद्ध अन्त्य गर्ने विषयमा ठुलो मतभेद रहेकोले वार्ताबाट धेरै अपेक्षा नगरिएको बताइएको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २०२२ मा युक्रेनमा पूर्ण आक्रमण सुरु गरेका थिए । अहिले रुसले युक्रेनको करिब २० प्रतिशत भूभाग नियन्त्रणमा लिएको छ, जसमा सन् २०१४ मा कब्जा गरिएको दक्षिणी क्राइमिया प्रायद्वीप पनि पर्छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




