विपद्को पूर्वसूचनाअनुसार परिचालन हुन निर्देशन
काठमाण्डौं। गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्को पूर्वसूचनाअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीका सम्बन्धित युनिटलाई तत्काल परिचालन गर्न निर्देशन दिएका छन् ।
सशस्त्र प्रहरी बल (एपीएफ) नेपालले गरेको विपद् पूर्वतयारीबारे आज जानकारी लिँदै उनले मनसुन शुरू नहुँदै तयारी अवस्थामा बस्न निर्देशन दिए ।
गृहमन्त्री लेखकले भने, ‘विपद् व्यवस्थापनको जिम्मेवारी सशस्त्र प्रहरीलाई तोकिएको छ, त्यसैले आजैदेखि मनसुनजन्य विपद्को तयारीमा लाग्नुहोस् । पूर्वानुमान र पूर्वानुमान बेगर हुने विपद्का लागि तयार रहनुस् । जोखिमयुक्त बस्तीमा समयमा सूचना दिने र विपद्पश्चात् तत्काल उद्धार गरेर सुरक्षित ठाउँमा पुर्याउने अवस्था बनाउने गरी तयारी गर्न आवश्यक छ ।’
गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बललाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा काम गर्न सुझाउँदै राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र ९एनइओसी०को एउटा शाखा राख्नसमेत आग्रह गरे ।
‘यस्तो शाखामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका अधिकारी बसेर काम गर्नुपर्यो । कुनै पनि ठाउँमा विपद् आइलाग्दा आ–आफ्ना क्षेत्रलाई समन्वय गर्न सजिलो हुन्छ । यसले विपद् व्यवस्थापनमा छिटो काम गर्न मद्दत पुग्छ,’ उनले भने ।
गृहमन्त्री लेखकले यस वर्ष विगतमा भन्दा बढी मनसुन हुने अनुमान गरिएकाले सोहीअनुसार तयारी अवस्थामा रहनुपर्नेमा जोड दिए । छलफलमा सशस्त्र प्रहरीले विपद्को पूर्वतयारीबारे विस्तृत जानकारी दिइएको थियो ।
विद्युतीय माध्यमबाट सातै प्रदेशका सशस्त्र प्रहरीका बाहिनीपतिहरूले समेत आ–आफ्नो क्षेत्रको अवस्थाबारे ‘ब्रिफिङ’ गरेका थिए ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
ग्यास लुकाउने डिलरलाई ५० हजार जरिवना
कास्की जिल्ला प्रशासन कार्यालयले ग्यास सिलिन्डर लुकाएर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने एक ग्यास डिलरलाई शनिबार रु ५० हजार...
ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही...
गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...
कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...




