यातायात व्यवसायीसँग सहमति नभएपछि भोलि पनि देशभर बन्द
काठमाडौँ। सरकार र यातायात व्यवसायबीचको वार्ता निष्कर्षविहीन भएको छ । सोमबार गृह मन्त्रालयमा बसेको सम्बद्ध अधिकारी र यातायात व्यवसायीबिचको वार्तामा कुनै निष्कर्ष ननिस्किएपछि भोलि साढे १० बजे बस्ने गरी बैठक स्थगित भएको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरले जानकारी दिए ।
गण्डकी प्रदेशले ल्याएको राइड सेयरिङ नियमावलीविरुद्ध देशभरका सार्वजनिक सवारी बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । वार्तामा यातायात व्यवसायीले उक्त नियमावली स्थगित गरे आफ्नो आन्दोलन पनि तत्काल स्थगित गर्न माग गरेका थिए ।
‘हाम्रो माग तत्कालको लागि नियमावली स्थगित गर्नुपर्छ र सङ्घीय ऐन बनेपछि त्यसको अनुकूल हुने गरी बनाउनुपर्छ भन्ने हो, यसमा कुनै निष्कर्ष निस्किएन, भोलि फेरि बस्ने कुरा भएको छ’ उनले भने ।
यातायात व्यवस्था विभागका निर्देशक नरहरि तिवारीले आजको छलफल सकारात्मक भएको बताए । तर, निर्णयमा पुग्न नसकिएकोले भोलि बस्ने गरी छलफल स्थगित भएको तिवारीले जानकारी दिए ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
ग्यास लुकाउने डिलरलाई ५० हजार जरिवना
कास्की जिल्ला प्रशासन कार्यालयले ग्यास सिलिन्डर लुकाएर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने एक ग्यास डिलरलाई शनिबार रु ५० हजार...
ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही...
गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...
कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...




