अर्थ

नेप्से परिसूचक उच्च अंकले घट्यो

काठमाडौं। मंगलबार नेप्से परिसूचक उच्च अंकले घटेको छ। नेप्से ३५.७३ अंकले घटेर २६५८.९३ विन्दुमा बन्द भएको छ। यसदिन कारोबार रकम पनि घटेको छ।

सोमबार नौ अर्ब २२ करोड रूपैयाँको सेयर कारोबार भएकोमा मंगलबार ६ अर्ब ६७ करोड रूपैयाँको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा २ अर्ब ५५ करोड रूपैयाँ कमी आएको हो।

आज ३१५ वटा धितोपत्रको एक करोड ५५ लाख ३८ हजार ४७४ कित्ता सेयर किनबेच भएको हो। मंगलबार ३४ कम्पनीको सेयर मूल्य बढेको छ भने २१४ वटाको घटेको छ।

यसदिन दुई कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ। ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीको मूल्य १० प्रतिशतका दरले बढेको छ।

उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य एक हजार ८१४ रूपैयाँ ३० पैसा र ४२३ रूपैयाँ ५० पैसा पुगेको हो।
सप्तकोशी डेभलपमेन्टको मूल्य सर्वाधिक ४।३८ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ९७५ रूपैयाँ १५ पैसामा झरेको छ।

यसैगरी, बाराही हाइड्रोपावरको मूल्य ३।९९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ७६९ रूपैयाँ ०९ पैसा कायम भएको छ। मंगलबार राधी विद्युतको सर्वाधिक कारोबार भएको छ।

कम्पनीको प्रतिकित्ता ७८८ रूपैयाँमा ६० करोड १५ लाख रूपैयाँको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ०।८५ प्रतिशत बढेको हो।

सम्बन्धित समाचार

ग्यास लुकाउने डिलरलाई ५० हजार जरिवना

ग्यास लुकाउने डिलरलाई ५० हजार जरिवना

कास्की जिल्ला प्रशासन कार्यालयले ग्यास सिलिन्डर लुकाएर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने एक ग्यास डिलरलाई शनिबार रु ५० हजार...

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही...

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...

कति छ तरकारीको मूल्य?

कति छ तरकारीको मूल्य?

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...