ज्यान मुद्दामा अग्नि सापकोटामाथि अनुसन्धान गर्न सर्वोच्चको आदेश
काठमाडौं। नेकपा माओवादी केन्द्र उपाध्यक्ष तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्ध ज्यान मुद्दामा अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
सर्वोच्चको संवैधानिक इजलासले सापकोटाविरुद्ध १३ वर्ष पुरानो रिटमा सुनुवाइ गर्दै ज्यान मुद्दामा अनुसन्धान अघि बढाउन सरकारलाई आदेश दिएको हो।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, डा। मनोजकुमार शर्मा र डा. कुमार चुडालको इजलासले उनीविरुद्धको उजुरी तामेलीमा राख्ने प्रहरीको निर्णयलाई उत्प्रेषणको आदेश दिँदै खारेज गरेको छ।
माओवादी सशस्त्र विद्रोहको समयमा काभ्रेका अर्जुन लामाको हत्या अभियोगमा सजाय माग गर्दै अधिकारकर्मी कनकमणि दीक्षित, अर्जुनकी पत्नी पूर्णिमाया लामा र सुशील प्याकुरेलसमेतले रिट दायर गरेका थिए।
प्रहरीले अनुसन्धान गर्न लागेको मुद्दामा मन्त्रिपरिषद्ले तामेलीमा राख्ने निर्णय गरेपछि उक्त निर्णयविरुद्ध २०७९ मङ्सिर ७ गते पूर्णिमायाले सर्वोच्चमा रिट दायर गरेकी थिइन्।
ताजा अपडेट
-
१.
प्रतिनिधिसभा निर्वाचन नतिजा : १०९ स्थानको गणना हुँदा ८१ स्थानमा रास्वपा अगाडि
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
ओलीभन्दा बालेन भारी मतले अगाडि
-
४.
कांग्रेसले मुस्ताङबाट खोल्यो खाता, योगेश गौचन निर्वाचित
-
५.
रास्वपाले खोल्यो खाता, काठमाडौं १ मा रन्जु र काठमाडौं ८ मा विराज विजयी
ट्रेन्डिङ
सम्बन्धित समाचार
प्रतिनिधिसभा निर्वाचन नतिजा : १०९ स्थानको गणना हुँदा ८१ स्थानमा रास्वपा अगाडि
काठमाडौं। बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनमा शुक्रबार अपरान्हसम्म १६५ निर्वाचन क्षेत्र मध्ये १०९ क्षेत्रमा मतगणना जारी छ। जसमा राष्ट्रिय स्वतन्त्र...
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
विराटनगर । सुनसरी क्षेत्र नम्बर १ मा भएको मत गणनाको प्रारम्भिक मत परिणाम सार्वजनिक हुँदा रास्वपाका उम्मेदवारले अग्रता लिएका...
ओलीभन्दा बालेन भारी मतले अगाडि
काठमाडौं। झापा क्षेत्र नम्बर ५ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह बालेनको कायम छ।...
कांग्रेसले मुस्ताङबाट खोल्यो खाता, योगेश गौचन निर्वाचित
पोखरा । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट खाता खोलेको छ । कांग्रेसका योगेश गौचनले एमालेका इन्द्र धारा विष्टलाई हराएर...




