नेदरल्यान्ड्सविरुद्ध पनि नेपालको जित
काठमाडौँ। नेदरल्यान्ड्सलाई पराजित गर्दै नेपालले आईसीसी विश्वकप लिग–२ एकदिवसीय त्रिकोणात्मक शृंखलामा लगातार दोस्रो जित दर्ता गरेको छ।
बुधबार राति सकिएको शृंखलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गर्दै शानदार जित निकालेको हो। यसअघि शृंखलाको पहिलो खेलमा नेपालले स्कटल्यान्डमाथि १ विकेटको रोमाञ्चक जित निकालेको थियो।
लिग–२ को त्रिकोणात्मक शृंखलामा नेपालले नेदरल्यान्ड्सलाई दोस्रो पटक हराएको हो।
बुधबार स्कटल्यान्डमा भएको खेलमा नेदरल्यान्ड्सले दिएको २२६ रनको लक्ष्य नेपालले १७ बलअगावै ४ विकेटको क्षतिमा भेट्टायो।
पाँचौँ विकेटका लागि आरिफ सेख र दीपेन्द्रसिंह ऐरीले ८९ रनको साझेदारी गरेपछि नेपाललाई जितका लागि सहज भएको थियो।
९९ बलमा ७ चौका र २ छक्का हानेका आरिफ ७८ रन बनाउँदा क्याच आउट भए। कप्तान रोहित पौडेल २३ रन बनाउँदा रन आउट भए भने कुशल भुर्तेल २५ र आशिफ शेख १९ रनमा बोल्ड आउट हुनपुगे।
ऐरी ३८ र जित सुनिश्चित गर्दै अन्तिम छक्का हानेका गुल्सन झा ११ रनमा अविजित रहे। त्यसअघि स्कटल्यान्डको डुन्डीमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्स ५ बलअगावै २ सय २५ रनमा अलआउट भएको थियो।
तेस्रो विकेटका लागि विक्रमजित सिंह र कप्तान स्कट इडिवार्डसले ७२ रनको साझेदारी गर्दै नेदरल्यान्ड्सको इनिङ उकासेका थिए। ५६ बलमा २ चौका हानेका विक्रमजित ३८ रन बनाउँदा सन्दीप लामिछानेको बलमा आरिफ शेखको हातबाट क्याच आउट भएका थिए।
कप्तान स्कटले ७१ बलमा ४६ रन बनाउँदा ललित राजवंशीको बलमा रोहित पौडेलको हातबाट क्याच आउट भए भने नोह क्रोइस ४८ रन बनाउँदा सोमपाल कामीको बलमा बोल्ड आउट हुनपुगे।
जच लायन–क्याचेट २७ रन बनाउँदा ललितकै बलमा करण केसीको हातबाट क्याच आउट हुन पुगे। तेजा निडामनुरु १३ रन बनाउँदा सन्दीप लामिछानेको बलमा ऐरीको हातबाट क्याच आउट नै हुन पुगे। रोइलोफ भान डेर मेर्वे २० रनमा रनआउट भए।
ओपनर माइकल लेविट १ र म्याक्स ओ डाउड ४ रनमा पेभेलियन फर्के। सोमपाल कामीले अन्तिम ओभरको पहिलो बलमा भिभियन किंग्मालाई १ रनमा बोल्ड आउट गर्दै डच टोलीलाई अलआउट गरेका थिए।
नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए। करण केसी, सन्दीप लामिछाने, ललित राजवंशीले समान २ विकेट लिए।
त्रिकोणात्मक शृंखलाअन्तर्गत आगामी आइतबार नेपालले स्कटल्यान्डविरुद्ध पुनः खेल्नेछ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




