नेपाल र हङकङबीचको खेल बराबरीमा टुंगियो
काठमाडौं। एएफसी एसियन कप छनोट अघि नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ।
बिहीबार हङकङ स्टेडियममा भएको खेल गोलरहित बराबरीमा सकिएको हो।
पहिलो हाफमा घरेलु टोली हङकङले नेपालविरुद्ध दबाब बनाएपनि गोल गर्न भने सकेको छैन। दोस्रो हाफमा नेपालले केही अवसर सृजना गरेपनि गोल गर्न भने सकेन।
इन्ज्युरी समयको तेस्रो मिनेटमा नेपाल १० खेलाडीमा सिमित हुन पुग्यो। वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका मनि कुमार लामा दोहोरो पँहेलो कार्ड खाँदै मैदान छाडेपछि नेपाल १० खेलाडीमा समेटिएको हो।
हङकङसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली उतैबाट लाओस जानेछ। एसियन छनोटमा नेपाल र लाओस मंगलबार भिड्नेछन्।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




