पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा लगाए, न्यायलयप्रति विश्वस्त छु ; माधव नेपाल
काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले नेपालको राजनीतिमा आफ्नो पार्टीको भूमिका महत्त्वपूर्ण रहेकाले कतिपय व्यक्तिहरू आत्तिएको बताएका छन् ।
एकीकृत समाजवादी मधेस प्रदेश सम्पर्क कमिटिको प्रथम अधिवेशनमा बोल्दै उनले पूर्वाग्रह राखेर आफूमाथि भ्रष्टाचारको मुद्दा लगाउनका लागि पहल भइरहेको बताएका हुन् ।
नेपालले भने, ‘अहिले नेपालको राजनीतिमा हाम्रो पार्टीको भूमिका महत्त्वपूर्ण रहेको छ । हाम्रो पार्टीको महत्त्वपूर्ण भूमिका देखेर कतिपय व्यक्तिहरू आत्तिएका पनि छन्, आतंकित पनि भएका छन् । पूर्वाग्रह राखेर बसेका छन्, बद्लाको भावनाले उनीहरूलाई पोलिराखेको पनि छ । त्यसैको एउटा उदाहरण ममाथि भ्रष्टाचारको मुद्दा लगाउनका लागि पहल भएको छ । भ्रष्टाचारको केस जसमा निर्णायाकको आधार चाहिन्छ । माधव नेपालले कसैसँग एक पैसा घुस लिएको भएँ, एकदाम जग्गा घुस लिएको भएँ, अनुचित काम गरेको भएँ, देश र जनतालाई नोक्सान हुने कुनै काम गरेको भएँ त्यसको सम्पूर्ण जिम्मेवारी म लिन तयार छु ।’
साथै उनले आफूले कहिल्यै घुस नलिएको र देश तथा जनतालाई घात हुने कुनै अनुचित काम नगरेको बताए । उनले आफ्नो स्वार्थको लागि कुनै काम भएको छैन भनेर आत्तिनुनपर्ने बताए ।
नेपालले भने, ‘मैले भन्ने गरेको छु नबिराउनु, नडराउनु । आफ्नो स्वार्थको लागि कुनै काम भएको छैन भनेर आत्तिनुपर्ने छैन । गलत आरोपमा दृढतासाथ उभिन्छौँ । मलाई विश्वास छ न्यायपालिकाले मलाई न्याय दिनेछ । हामीले न्यायालयलाई विश्वास गर्नुपर्छ ।’
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस : ओली
-
२.
इरानका रक्षामन्त्री मारिएको दावी
-
३.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
-
४.
मध्यपूर्वको तनावप्रति गगन थापाद्वारा चिन्ता व्यक्त
-
५.
डलरमा भएको खर्च पनि निर्वाचन खर्चको सीमाभित्रै गणना हुने
सम्बन्धित समाचार
काठमाडौं ३ मा कुलमानको हार, राजु पाण्डे विजयी
काठमाडौं। काठमाडौं निर्वाचन क्षेत्र- ३ मा कुलमानलाई हराउँदै राजुनाथ पाण्डे विजयी हुनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे...
समानुपातिकतर्फ पनि रास्वपा धेरै मतले अगाडि
काठमाडौं। प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको नतिजामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लोभलाग्दो अग्रता लिएको छ। निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार रास्वाले...
मनाङमा पनि कांग्रेसले खाता खोल्यो, टेकबहादुर गुरुङ फेरि विजयी
काठमाडौँ । प्रतिनिधि सभा सदस्य पदमा मनाङबाट कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन् । शुक्रबार साँझ सम्पन्न अन्तिम...
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश
काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश भएको छ। सर्वोच्च अदालतका...




