अन्तर्राष्ट्रिय

महाराष्ट्रमा रेलबाट खस्दा चारजनाको मृत्यु, नौ घाइते

काठमाडौं। यात्रुहरू रेलबाट खस्दा कम्तीमा चारजनाले ज्यान गुमाएका छन् भने नौजना घाइते भएका छन् । उक्त दुःखद घटना सोमबार मुम्ब्रा रेल्वे स्टेसन नजिकै भएको हो, जुन मुम्बई सहरबाट करिब ४४ किलोमिटर टाढा पर्छ ।

रेल प्रशासनका अनुसार, दुई लोकल रेलहरू एकअर्कासँग नजिकैबाट गुडिरहेकै समयमा दुवै रेलका ढोकामा झुण्डिएर यात्रा गरिरहेका यात्रुहरू आपसमा ठोक्किएका थिए, जसका कारण केही यात्रु रेलबाट खसेका थिए ।

स्वास्थ्य अधिकारी कैलास पवारका अनुसार, घटनामा १३ जना घाइते भएका थिए, जसमध्ये चारजनाको दुःखद निधन भएको छ । गम्भीर घाइतेहरूको विशेष उपचार भइरहेको छ । हाल सातजना छत्रपति शिवाजी महाराज अस्पतालमा भर्ना छन् ।

मध्य रेलका प्रवक्ता स्वप्निल धनराज निलाले यसलाई रेल ठोक्किने दुर्घटना नभई अत्यधिक भीडका कारण भएको घटना भएको स्पष्ट पारे ।

प्रशासनले घाइतेहरूको उपचारमा कुनै कसर बाँकी नराखी राहत तथा उद्धार कार्यमा तिव्रता दिएको छ । साथै, घटनाबारे विस्तृत छानबिन सुरु भइसकेको जानकारी दिइएको छ ।

यसैबीच, महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...