विद्या भण्डारी र केपी ओली प्रतिस्पर्धी होइन : शेरधन राई
काठमाडौँ। नेकपा एमालेको स्थायी समितीका सदस्य एवं कोशी प्रदेशका इन्चार्ज शेरधन राईले विद्या भण्डारीले सक्रिय राजनीतिमा आउने चाहना ब्यक्त नगरेको बताएका छन्।
पूर्वराष्ट्रपति भण्डारीका सवालमा अनेक अनुमान गरेर मिडियामा समाचार आइरहेकोप्रति आपत्ती प्रकट गर्दै राईले यी विषयले एमालेमा अन्यौलता सृजना गरेको बताए। राई आफू भण्डारीकै जिल्लाबासी र लामो समयसँगै राजनीति गरेकोले धेरै कुरामा भण्डारीसँग संवाद भइरहने बताए।
आफूसँगको संवादमा भण्डारीले हालसम्म पनि सक्रिय राजनीतिमा फर्कने आशय व्यक्त नगरेको राईले बताए। ‘ नेकपा एमालेको स्थायी कमिटी सदस्य र उहाँसँग एक प्रकारले जिल्लावासीको नाताले पनि पार्टीमा लामो समयसँगै काम गर्दै आएको हिसाबले हाम्रो संवाद हुने गर्छ’ राईले भने, ‘आजको मितिसम्म उहाँ सक्रिय राजनीतिमा फर्कने कुरा अझ नेकपा एमालेको अध्यक्ष बन्न आउँदैछु भन्ने कुरा उहाँले व्यक्त गरेको कुरा मैले र हामीले सुनेका छैनौँ।’
चौतारीको पत्रकार भेटघाटमा बोल्दै राईले केही दिन अगाडी उनको कोशी प्रदेश भ्रमणका क्रममा अनेक संशय सृजना भएको बताए।
आफूहरु पार्टीको जिम्मेवार पदमा रहेको र भण्डारी एमालेकै पूर्व उपाध्यक्ष र एमालेकै तर्फबाट राष्ट्रपति समेत भएकोले उनलाई स्वागत गर्न जानु दायित्वभित्र पर्ने राईले बताए।
‘दुईवटा कार्यक्रमको सम्बन्धमा कोशी प्रदेशमा केही दिनअगाडि उहाँ आउनुभयो। पहिलो महिला जनप्रतिनिधिहरूको राष्ट्रिय भेला विराटनगर महानगरपालिकाले आयोजना गरेको थियो। त्यसमा देशभरिका महिला जनप्रतिनिधि उपाध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो। त्यस कार्यक्रममा उहाँ प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएको थियो’ राईले भने, ‘पूर्वराष्ट्रपतिज्यू कोशी प्रदेशमा आउँनु हुँदा हामीले उहाँलाई स्वागत गर्नुपथ्र्यो ,हामीले स्वागत पनि गर्यौँ। उहाँ नेकपा एमालेको पूर्व उपाध्यक्ष पनि हुनुहुन्छ र नेकपा एमालेकै पृष्ठभूमिमा उहाँ देशकै यो उचाइमा पुग्नुभएको हो । उहाँलाई हामीले स्वागत गर्नुपथ्र्यो त्यो गर्यौ ।’
राईले विद्यादेवी भण्डारी एमालेको राजनीतिमा फर्कर्दै गरेको अथवा अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिस्थापन गर्न लागेको भन्ने कुरामा सत्यता नभएको बताए।
‘बजारमा अहिले यस प्रकारका हल्लाले ठाउँ पाएका छन्’ राईले भने, ‘तर उहाँले यस्ता कुराहरु अभिव्यक्त गर्नुभएको छैन।’
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस : ओली
-
२.
इरानका रक्षामन्त्री मारिएको दावी
-
३.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
-
४.
मध्यपूर्वको तनावप्रति गगन थापाद्वारा चिन्ता व्यक्त
-
५.
डलरमा भएको खर्च पनि निर्वाचन खर्चको सीमाभित्रै गणना हुने
सम्बन्धित समाचार
काठमाडौं ३ मा कुलमानको हार, राजु पाण्डे विजयी
काठमाडौं। काठमाडौं निर्वाचन क्षेत्र- ३ मा कुलमानलाई हराउँदै राजुनाथ पाण्डे विजयी हुनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे...
समानुपातिकतर्फ पनि रास्वपा धेरै मतले अगाडि
काठमाडौं। प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको नतिजामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लोभलाग्दो अग्रता लिएको छ। निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार रास्वाले...
मनाङमा पनि कांग्रेसले खाता खोल्यो, टेकबहादुर गुरुङ फेरि विजयी
काठमाडौँ । प्रतिनिधि सभा सदस्य पदमा मनाङबाट कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन् । शुक्रबार साँझ सम्पन्न अन्तिम...
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश
काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश भएको छ। सर्वोच्च अदालतका...




