बुधबार, भदौ ११, २०८२
English
Follow us:

तनाव रोक्न र शान्तिको बाटो रोज्न इजरायल र इरानलाई संयुक्त राष्ट्र संघको आग्रह

तनाव रोक्न र शान्तिको बाटो रोज्न इजरायल र इरानलाई संयुक्त राष्ट्र संघको आग्रह

  • खबर सेवा

  • शनिबार, जेष्ठ ३२, २०८२

  • 52
    SHARES
तनाव रोक्न र शान्तिको बाटो रोज्न इजरायल र इरानलाई संयुक्त राष्ट्र संघको आग्रह

काठमाडौँ। संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले इरान र इसराइललाई ‘तनाव नबढाउन र शान्तिको बाटो रोज्न’ अपिल गरेका छन्।

उनले सामाजिक सञ्जाल एक्समा एक सन्देश सार्वजनिक गर्दै दुई देशले शान्ति र कुटनीतिक मार्ग अवलम्बन गर्न आग्रह गरेका हुन्। ‘इसराइलद्वारा इरानका आणविक केन्द्रहरूमा आक्रमण, जवाफमा इरानद्वारा तेल अवीवमा प्रक्षेपास्त्र प्रहार, अब धेरै भइसक्यो। अब यसलाई रोक्ने बेला आएको छ। शान्ति र कूटनीतिक मार्ग अवलम्बन गरिनु पर्छ,’ उनले भनेका छन्।

युरोपेली संघकी अध्यक्ष उर्सुला भोन डेर लेयनले इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग सम्पूर्ण घटनाक्रमबारे कुराकानी गरेको बताएकी छन्। उनले यसबारे सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘म पुनः दोहोर्‍याउँछु, इसराइलसँग आफ्नो र आफ्ना जनताको सुरक्षा गर्न पाउने अधिकार छ । तर, त्यससँगै क्षेत्रीय स्थायित्व कायम गर्नु पनि अत्यन्त आवश्यक छ।’

उर्सुला भोन डर लेयनले दुवै पक्षलाई संयम अपनाउन र तनाव कम गर्न आग्रह गरेकी छन्। शुक्रबार इसराइलले इरानका विभिन्न स्थानमा आक्रमण गरेपछि इरानले जवाफमा इसराइलतर्फ ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो। त्यसयता दुवै देशबीचको तनाव तीव्र बन्दै गएको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology