अर्थ

नेप्सेमा गिरावट

काठमाडौं। सेयरबजारमा आज ३.९० अंकको गिरावट आएको छ। बजार परिसूचक नेप्से २६५४.७५ मा झरेको दिन मंगलबार ७ अर्ब ६५ करोडको कारोबार भयो।

अघिल्लो दिनको तुलनामा नेप्से र कारोबार रकम दुवै घटेका हुन्। सोमबार २।८० अंकले सूचक बढेको थियो भने १३ अर्ब १८ करोडको कारोबार भएको थियो।

मंगलबार भने दुवै घटेका छन्। यस दिन ९९ वटा सेयरको मूल्य बढे पनि १४८ वटाको घटेको छ। बढ्नेमा पियोर इनर्जी ९.९९ प्रतिशत, बुटवल पावर कम्पनी ७.७३ प्रतिशत, सामुदायिक लघुवित्त ७।१३ प्रतिशत, अपर हेवाखोला हाइड्रो ५.२८ प्रतिशत र विन्ध्यवासिनी हाइड्रोपावरको ५.१६ प्रतिशतले बढेको छ।

तर गार्डियन माइक्रो लाइफ, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, क्रेस्ट माइक्रो लाइफलगायतको भने अधिकतम ४।६२ प्रतिशतसम्मले सेयर मूल्य घटेको छ।

कारोबारमा आज सानिमा माई हाइड्रोपावर अगाडि छ। कम्पनीको ७४ करोडको खरिदबिक्री भएको हो। त्यसैगरी बुटवल पावर कम्पनीको ६० करोड, ङादी ग्रुप पावरको ४६ करोड, राधी विद्युत् ३८ करोडको कारोबार भएको छ।

आज जलविद्युत्, माइक्रोफाइनान्स र व्यापारबाहेक सबै उपसूचक राताम्य छन्।

सम्बन्धित समाचार

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएको...

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन निर्देशन दिनुभएको...

४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार ४० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि २१ दिनका लागि राष्ट्र...

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

काठमाडौँ। नेपाली बजारमा अको मूल्य वृद्धि भएको छ। शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँ बढेको हो।...