राजनीति

तीन लाख धरौटी बुझाएर छुटे रवीन्द्र मिश्र

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्र धरौटी बुझाएर छुटेका छन् । मिश्रकी श्रीमती सारिका कार्कीले धरौटीबापतको तीन लाख रुपैयाँ जम्मा गरेकी हुन् ।

तीनकुने घटनामा प्रतिवादी बनाइएका उनी मङ्गलबार बिहान आफैँ अदालतमा उपस्थित भएका थिए । मिश्र उपस्थित भएपछि आजै उनको बयान र थुनछेक बहस गरिएको हो ।

न्यायाधीश तारादेवी महर्जनको इजलासमा वरिष्ठ अधिवक्ताहरु गोविन्द बन्दी, भिमार्जुन आचार्य, राजु बस्नेत र सतिशकृष्ण खरेलले मिश्रको तर्फबाट बहस गरेका हुन् ।

सरकारी वकिलका तर्फबाट ८ जनाले बहस गरेका थिए। बहसपछि अदालतबाट तीन लाख धरौटीमा छाड्न आदेश भएको हो ।

मिश्रविरुद्ध गत चैत १५ गते घटेको तीनकुने घटनाको प्रतिवादीका रुपमा राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदावी लिइएको थियो ।

सोही मुद्दामा सोमबार राप्रपाका महामन्त्री धवलशमशेर राणालाई पनि अदालतले ३ लाख धरौटीमा रिहा गरेको थियो ।

 

सम्बन्धित समाचार

काठमाडौं ३ मा कुलमानको हार, राजु पाण्डे विजयी

काठमाडौं ३ मा कुलमानको हार, राजु पाण्डे विजयी

काठमाडौं। काठमाडौं निर्वाचन क्षेत्र- ३ मा कुलमानलाई हराउँदै राजुनाथ पाण्डे विजयी हुनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे...

समानुपातिकतर्फ पनि रास्वपा धेरै मतले अगाडि

समानुपातिकतर्फ पनि रास्वपा धेरै मतले अगाडि

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको नतिजामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लोभलाग्दो अग्रता लिएको छ। निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार रास्वाले...

मनाङमा पनि कांग्रेसले खाता खोल्यो, टेकबहादुर गुरुङ फेरि विजयी

मनाङमा पनि कांग्रेसले खाता खोल्यो, टेकबहादुर गुरुङ फेरि विजयी

काठमाडौँ । प्रतिनिधि सभा सदस्य पदमा मनाङबाट कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन् । शुक्रबार साँझ सम्पन्न अन्तिम...

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश

काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश भएको छ। सर्वोच्च अदालतका...