त्रिदेशीय टी–२० खेल ; स्कटल्यान्डविरुद्ध टस जितेर बलिङमा नेपाल
काठमाडौं। स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० खेलको दोस्रो खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेर बलिङ रोजेको छ।
स्कटल्यान्डको ग्लासगोमा हुने खेलमा नेपालले टस जितेपछि स्कटल्यान्डलाई पहिले ब्याटिङको निम्तो दिएको हो।
आजको खेलमा नेपालले अधिकांश नेरदरल्यान्डविरुद्ध खेलकै खेलाडीलाई उतारेको छ। चोटका कारण नन्दन यादवलाई भने आज आराम दिइएको छ। उनको ठाउँमा बसिर अहमदलाई स्थान दिइएको छ। आइतबार नेदरल्यान्डसँग भएको खेलमा भने नेपालले पराजय भोग्नु परेको थियो। नेपालले तेस्रो सुपरओभरमा नेदरल्यान्डसँग हारेको थियो।
नेपालको सुरुवाती ११
रोहित पौडेल कप्तान, अनिल शाह।विकेट किपर, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, ललित नारायण राजवंशी, बसिर अहमद, किरण ठगुन्ना, लोकेश बम र रुपेश सिंह
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




