बिहिबार, असार ५, २०८२
English
Follow us:

नेदरल्यान्ड्सविरुद्ध फेरि मैदान उत्रदै नेपाली टोली

नेदरल्यान्ड्सविरुद्ध फेरि मैदान उत्रदै नेपाली टोली

  • खबर सेवा

  • बिहिबार, असार ५, २०८२

  • 27
    SHARES
नेदरल्यान्ड्सविरुद्ध फेरि मैदान उत्रदै नेपाली टोली

काठमाडौँ। नेपालले आज त्रिकोणात्मक टी २० शृंखलामा नेदरल्यान्ड्सविरुद्ध मैदान उत्रदैछ।

पहिलो खेलमा तेस्रो सुपर ओभर पुग्दासमेत पराजित भएको नेपाल दोस्रो भेटमा नेदरल्यान्ड्ससँग बदला लिने दाउमा छ। तीन खेल खेलिसकेको नेदरल्यान्ड्सले दुई खेलमा जित निकाल्दै चार अंक बनाएको छ।

दुई खेल खेलेको नेपालले भने एक हार र एक जित निकाल्दै दुई अंक मात्र बनाएको छ। पहिलो खेलमा स्कटल्यान्डसँग पराजित भएको नेदरल्यान्ड्सले दोस्रो खेलको तेस्रो सुपर ओभरमा नेपाललाई हरायो भने तेस्रो खेलमा स्कटल्यान्डमाथि १७ रनको जित निकाल्यो।

पहिलो खेलमा नेदरल्यान्ड्समाथि ३९ रनको जित निकालेको स्कटल्यान्ड भने दोस्रो खेलमा नेपालसँग दुई विकेटले पराजित भएको छ। नेपाल र स्कटल्यान्डले अन्तिम खेल शुक्रबार खेल्नेछन्। समान दुई अंक भए पनि तालिकामा रनरेटका आधारमा स्कटल्यान्ड दोस्रो र नेपाल तेस्रो स्थानमा छन्।

सिरिजको उद्घाटन खेलमा आइतबार आयोजक स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो। दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई तेस्रो सुपर ओभरमा हरायो। तेस्रो खेलमा नेपालले आयोजक स्कटल्यान्डलाई दुई विकेटले हरायो भने चौथो खेलमा नेदरल्यान्ड्सले स्कटल्यान्डलाई १७ रनले पराजित गर्यो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology