बिहिबार, असार ५, २०८२
English
Follow us:

कार्यालय पुगे काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डे

कार्यालय पुगे काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डे

  • खबर सेवा

  • बिहिबार, असार ५, २०८२

  • 35
    SHARES
कार्यालय पुगे काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डे

काठमाडौँ। काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे बिहीबार कार्यालयमा पुगेका छन् । आफूलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएपछि पाण्डे बिहीबार कार्यालय समयमै हाजिर भएका हुन् ।

बुधबार न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेलाई निलम्बन गर्ने आदेश कार्यान्वयन नगर्न आदेश दिएको थियो । सोही आदेशपछि पाण्डे बिहीबार महानगर प्रहरी बलको कार्यालय पुगेर काम सुरु गरेका हुन् ।

उच्च अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि नगर प्रहरी प्रमुखकै जिम्मेवारीमा काम गर्न दिन आदेश दिएको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology