शुक्रबार, असार ६, २०८२
English
Follow us:

नेपाली यू–१६ क्रिकेट टोलीको घोषणा

नेपाली यू–१६ क्रिकेट टोलीको घोषणा

  • खबर सेवा

  • बिहिबार, असार ५, २०८२

  • 8
    SHARES
नेपाली यू–१६ क्रिकेट टोलीको घोषणा

काठमाडौं। मलेसियामा हुने एसीसी मेन्स यू–१६ इस्ट जोन कपका लागि नेपाली टोलीको घोषणा भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार विपीनप्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । प्रतियोगिता यही असार ८ देखि २१ गतेसम्म मलेसियामा हुनेछ।

मलेसियामा आयोजना हुने प्रतियोगितामा नेपालसहित १० टोलीको सहभागिता रहेको छ । सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह ‘ए’ मा रहेको नेपालको समूहमा सिंगापुर, इन्डोनेसिया, भुटान तथा जापान रहेका छन्। त्यस्तै, समूह ‘बी’ मा आयोजक मलेसिया सहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड तथा म्यानमार रहेका छन् । नेपालले यही असार ८ गते सिंगापुरसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।

नेपाली टिम
विपीनप्रसाद शर्मा (कप्तान), सुर्याशु कोइराला (उपकप्तान), शिवान्श बजगाईं, रौनक श्रीवास्तव, परिमर्जन यादव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुसिल रावल, शुभम खनाल, प्रसिद्ध जैशी, जोय थापा र रोशन शाही

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology