रोशी खोलामा फसेका पाँच जनालाई सशस्त्र प्रहरीले गर्यो उद्धार
काठमाडौं।रोशी खोलाको बाढीमा अड्किएका पाँच जनालाई सशस्त्र प्रहरीले बिहीबार राति उद्धार गरेको छ। उनीहरू बिहीबार नमोबुद्ध नगरपालिका वडा नम्बर ५ लासकोटस्थित रोशी खोलामा नदीजन्य पदार्थ निकाल्न गएका थिए।
त्यसक्रममा बाढी आइ खोलामै फसेका थिए।
बाढीमा फस्न पुगेका काभ्रे तेमाल गाउँपालिका वडा नम्बर ५ का ४२ वर्षीय सञ्जय लामा, सोही गाउँपालिकाका ३२ वर्षीय टिपर चालक रेबन तामाङ, नमोबुद्ध नगरपालिका वडा नम्बर ५ का १९ वर्षीय मुस्कान तामाङलाई सशस्त्र प्रहरीले उद्धार गरेको हो।
यस्तै दोलखा भीमेश्वर नगरपालिका स्थायी घर भई नमोबुद्ध नगरपालिकाको डाँडागाउँ बस्दै आएका जेसिबी चालक २९ वर्षीय समीर तामाङ र ओखलढुंगा घर भएका हाल नमोबुद्ध नगरपालिका वडा नम्बर ५ डाँडागाउँ बस्ने सागर राईको उद्धार गरिएको हो।
उनीहरूको उद्धारको लागि सशस्त्र प्रहरी बल नेपालको अस्थायी सुरक्षा बेस (आईटी पार्क) पनौतीबाट सशस्त्र प्रहरी नायब निरीक्षक भीमसेन केसीको नेतृत्वमा १० जनाको टोली खटिएको थियो। त्यस्तै सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर गणबाट सशस्त्र प्रहरी नायव उपरीक्षक लिला बहादुर कार्कीको कमाण्डमा थप ११ जनाको उद्धार टोली समेत खटिएको थियो।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
बालेन मन्त्रिपरिषद्मा सुदनको तेस्रो वरीयता
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात
वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएको...
ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड
काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन निर्देशन दिनुभएको...
४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार ४० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि २१ दिनका लागि राष्ट्र...
सुनको मूल्य बढ्यो
काठमाडौँ। नेपाली बजारमा अको मूल्य वृद्धि भएको छ। शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँ बढेको हो।...




