खेलकुद

स्कटल्यान्डसँग हार्‍यो नेपाली टोली, गुमायो शृंखला

काठमाडौँ। स्कटल्यान्डमा जारी त्रिदेशीय टी २० शृंखलाको अन्तिम खेलमा नेपाल घरेलु टिमसँग ३४ रनले पराजित भएको छ । शुक्रबार स्कटल्यान्डको ग्लासगोमा सम्पन्न खेलमा घरेलु टिमले प्रस्तुत गरेको १९४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १८।५ ओभरमा सबै विकेट गुमाएर १५९ रनमात्र बनाउन सक्यो ।

नेपालका रुपेश सिंहले सर्वाधिक ४३ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए । कप्तान रोहित पौडेलले २७, आसिफ सेखले १४ र भीम सार्कीले १२ रन थपे । स्कटल्यान्डका ग्रिस ग्रेभ्सले तीन विकेट लिए । सफयान सरिफले दुई विकेट लिए । वार्क वाट, ब्रान्डन म्याकमुलम, र माइकल लियस्कले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको स्कटल्यान्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १९३ रनको योगफल खडा गरेको थियो । स्कटल्यान्डका ओपनर जर्ज मुन्सीले ७८ रन बनाए । उनले ३९ बलमा पाँच चौका र ६ छक्का प्रहार गरे । ब्रान्डन म्याकमुलमले ४२ रन थप्दा माइकल लियस्कले २६ र म्याथ्यु क्रसले १७ रन बनाए ।

नेपालका कुशल भुर्तेलले दुई विकेट लिए । सन्दीप लामिछाने, ललित राजवंशी र रुपेश सिंहले समान एक विकेट लिए । योसँगै नेपालले चार खेलको यो शृंखलामा दुई जित र दुई हारको नतिजा आत्मसात गरेको छ ।

नेपालले यसअघि पहिलो खेलमा नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा हार व्यहोरेको थियो । दोस्रो खेलमा स्कटल्यान्डलाई दुई विकेटले हराएको नेपालले तेस्रो खेलमा डचविरुद्ध ६ विकेटको जित निकालेको थियो। नेपालको हारसँगै श्रृंखला घरेलु टोलीकै कब्जामा परेको छ। रेट रनरेटको आधारमा स्टकटल्यान्ड नेपालभन्दा अघि रहेको थियो।

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...