रास्वपाको महामन्त्रीमा कविन्द्र बुर्लाकोटी, प्रवक्तामा मनिष झा
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कविन्द्र बुर्लाकोटीलाई महामन्त्रीको जिम्मेवारी दिएको छ। शनिबार बिहान बसेको केन्द्रीय समिति बैठकले बुर्लाकोटीलाई कार्यबाहकबाट हटाएर महामन्त्रीको जिम्मेवारी दिएको हो।
संस्थापक महामन्त्री डा मुकुल ढकाललाई कारबाही गरेपछि उनलाई कार्यबहाक महामन्त्री बनायएको थियो।
मनिष झालाई प्रवक्ताको जिम्मेवारी दिएको छ। कार्यबाहक प्रवक्ताबाट हटाएर उनलाई प्रवक्ताको जिम्मेवारी दिइएको रास्वपाले जनाएको छ।
यसअघि शुक्रबार निर्वाचन आयोगले रास्वपाको महामन्त्रीका रूपमा मुकुल ढकालकै विवरण रहेको जानकारी दिएको थियो।
पार्टीको साधारण सदस्य समेतबाट हटाइएका डा ढकालले आयोगसँग विवरण माग गरेका थिए। जवाफमा आयोगले यस्तो जवाफ दिएको हो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
चितवन २ मा रवि लामिछाने विजयी
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका...
काठमाडौँ ९ मा रास्वपाका उपसभापति डिपी अर्याल निर्वाचित
काठमाडौँ। काठमाडौँ ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डोलप्रसाद अर्याल (डीपी अर्याल) प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।...
कास्की-२ मा रास्वपाका पौडेल विजयी
गण्डकी। प्रतिनिधिसभा सदस्यका निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार उत्तमप्रसाद पौडेल ३१ हजार...
काठमाडौँ-५ मा रास्वपाका पोखरेल विजयी
काठमाडौँ। काठमाडौँ क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी/रास्वपाका उम्मेदवार सस्मित पोखरेल निर्वाचित भएका छन् । बिहीबार...




