सोमवार, भदौ २, २०८२
English
Follow us:

एसीसी मेन्स यू १६ इस्ट जोन कप : सिंगापुरमाथि नेपालको जित

एसीसी मेन्स यू १६ इस्ट जोन कप : सिंगापुरमाथि नेपालको जित

  • खबर सेवा

  • आइतवार, असार ८, २०८२

  • 82
    SHARES
एसीसी मेन्स यू १६ इस्ट जोन कप : सिंगापुरमाथि नेपालको जित

काठमाडौँ। ओपनर प्रसिद्ध जैसीले अर्धशतक बनाएपछि एसीसी मेन्स यू १६ इस्ट जोन कपमा नेपालले विजयी सुरुवात गरेको छ । आइतबार भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले हराएको हो।

सिंगापुरले दिएको १३९ रनको लक्ष्य नेपालले ३३।३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । प्रसिद्ध ५५ रनमा अविजित रहे । रौनक श्रीवास्तवले ४० रन बनाए।
सिंगापुरका आकाश तेजाले ३ विकेट लिए । युवान पाण्डेले १ विकेट लिए ।

त्यसअघि कप्तान विपिन प्रसाद शर्मा र सचिन भट्टले उत्कृष्ट बलिङ गरेपछि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर ३६।१ ओभरमा सबै विकेट गुमाएर १३८ रनमा अलआउट भएको थियो ।

विपिनले १० ओभरमा १ मेडन राख्दै ३४ रन खर्चेर ४ विकेट लिए । सचिनले ६।१ ओभरमा २ मेडन राख्दै १६ रन खर्चेर ३ विकेट लिए । अभय यादव र शुभम खनाले समान १ विकेट लिए ।

सिंगापुरका लागि कप्तान रियान नइकले सर्वाधिक ५३ रन बनाए । यस्तै ओपनर आहान भुथानदमले ३८ रन बनाए ।

नेपालले अब दोस्रो खेल मंगलबार जापानसँग खेल्ने छ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology