घट्यो नेप्से
काठमाडौं। बिहीबार नेप्से परिसूचक घटेको छ।नेप्से ४।४५ अंकले घटेर २५९५।७४ विन्दुमा बन्द भएको छ।
यसदिन कारोबार रकम भने केही बढेको छ। बुधबार पाँच अर्ब ९४ करोड रूपैयाँको कारोबार भएकोमा बिहीबार सात अर्ब ७८ करोड रूपैयाँको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम एक अर्ब ८४ करोड रूपैयाँ बढेको हो। आज ३०६ वटा धितोपत्रको एक करोड ९६ लाख ५० हजार २१० कित्ता सेयर किनबेच भएको हो।
बिहीबार ९३ कम्पनीको सेयर मूल्य बढेको छ भने १५५ वटाको घटेको छ। यसदिन ग्रीन डेभलपमेन्ट बैंको मूल्य सर्वाधिक ९।१८ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ३०१ रूपैयाँ ५७ पैसा कायम भएको छ। यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको मूल्य ९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ९९५ रूपैयाँ ८८ पैसा पुगेको छ।
रिलायवल समृद्धि योजनाको मूल्य सर्वाधिक ९।३० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ९ रूपैयाँ ०७ पैसामा झरेको छ। ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य ६।०६ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ३५४ रूपैयाँ ७१ पैसा कायम भएको छ।
बिहीबार बुटवल पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता ८४० रूपैयाँ १० पैसामा ६२ करोड ५२ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०।४८ प्रतिशत घटेको हो।सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा राधी विद्युत कम्पनी रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ७८२ रूपैयाँ ९० पैसामा ३९ करोड २० लाख बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये नौ समूहको परिसूचक घटेको छ भने बाँकी चार समूहको बढेको छ।
यसदिन होटल्स समूहको परिसूचक सर्वाधिक १।८७ प्रतिशतले बढेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
बालेन मन्त्रिपरिषद्मा सुदनको तेस्रो वरीयता
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात
वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएको...
ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड
काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन निर्देशन दिनुभएको...
४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार ४० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि २१ दिनका लागि राष्ट्र...
सुनको मूल्य बढ्यो
काठमाडौँ। नेपाली बजारमा अको मूल्य वृद्धि भएको छ। शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँ बढेको हो।...




