सामाजिक सञ्जाल नेतालाई गाली गर्ने रमा बस्नेत ३० हजार धरौटीमा रिहा
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली,गृहमन्त्री रमेश लेखक र नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई सामाजिक सञ्जाल टिकटकमार्फत गालीगलौज गर्ने टिकटकर रमा बस्नेतलाई ३० हजार धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतले आदेश गरेको छ ।
विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले बुधबार दायर गरेको मुद्दामा न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले बिहीबार बस्नेतलाई धरौटीमा छाड्न आदेश गरेको हो ।
सामाजिक सञ्जालमा प्रधानमन्त्री, गृहमन्त्री र सांसद थापाको अपमान र बेइज्जत गरी द्वेष फैलाएको आरोपमा गत असार १ गते बस्नेत पक्राउ परेकी थिइन् । उनीविरूद्ध बुधबार जिल्लामा एक लाख जरिवाना वा ५ वर्षसम्मको कैद सजाय मागदाबी गर्दै मुद्दा दायर भएको थियो ।
मुद्दा दायरपछि बिहीबार नै बस्नेतको बयान गराइ थुनछेक बहस भएको थियो ।बयानका क्रममा बस्नेतले देशको गृहमन्त्रीमाथि भिजिट भिसा प्रकरणमा सदनलगायत जनमानसमा प्रश्न उठे पनि अनुसन्धानमा सघाउन राजीनामा नदिएकाले पहिलो भिडियो बनाएको बताएकी थिइन् ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
फेरि पछि परे गुल्मी २ मा गोकर्ण विष्ट, १८ मतले गोविन्द पन्थी अगाडि
काठमाडौँ। गुल्मी क्षेत्र नम्बर २ मा जारी मतगणनामा नेकपा एमाले का गोकर्ण विष्ट फेरि पछि परेका छन्। निर्वाचनको पछिल्लो...
एमालेले कहाँ कहाँ लियो अग्रता?
काठमाडौँ। प्रतिनिधि सभाअन्तर्गत जारी मतगणनामा नेकपा एमालेका शीर्ष नेताहरू निकै पछाडि देखिएका छन्। अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रिय स्वतन्त्र...
प्रतिनिधिसभा निर्वाचन : कांग्रेस ४ सिटमा विजयी, १० क्षेत्रमा अग्रता
काठमाडौँ। नेपाली कांग्रेसले अहिलेसम्म ४ सिट जितेको छ। तेह्रथुममा सन्तोष सुब्बा, मनाङमा टेकबहादुर गुरूङ, मुस्ताङमा योगेश गौचन थकाली र...
पर्सा १ मा हारे प्रदीप यादव, रास्वपाका पन्त विजयी
वीरगन्ज । पर्सा क्षेत्र नम्बर १ बाट रास्वपाका उम्मेदवार बुद्धि प्रसाद पन्त विजयी भएका छन् । रास्वपा उम्मेदवार पन्तले...




