राजनीति

जसपा नेपालले फिर्ता लियो लुम्बिनी सरकारलाई दिएको समर्थन

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन शुक्रबार फिर्ता लिएको छ। पार्टीका तर्फबाट लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले शुक्रबार समर्थन फिर्ता लिएको बेहोरा सहितको पत्र बुझाएको मुख्यमन्त्री चेतनारायण आचार्यको सचिवालयले जानकारी दिएको छ। काफ्लेले मुख्यमन्त्री आचार्यलाई भेटेर समर्थन फिर्ताको पत्र बुझाएकी हुन्।

काफ्लेले बुझाएको पत्रमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख छ। उनले पत्र मार्फत प्रदेश सभा बैठकमा विपक्षीको आसनमा व्यवस्था मिलाउन पनि आग्रह गरेका छन्।

जसपा नेपालले समर्थन फिर्ता लिने पत्र बुझाएपनि छलफल भइरहेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ। लुम्बिनी प्रदेशमा जसपा नेपालबाट काफ्ले एक मात्र सांसद हुन्।

काफ्लेले सरकार तलमाथि नपर्ने भएपनि असफल भएकाले समर्थन फिर्ता लिएको बताइन्।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले केन्द्रमा पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने केन्द्रीय कार्यकारिणी समिति बैठकले निर्णय लिएको थियो। समितिले गरेको निर्णय संसदीय दलको बैठकले सदर गरेपछि समर्थन फिर्ता लिने तयारी छ।

 

सम्बन्धित समाचार

फेरि पछि परे गुल्मी २ मा गोकर्ण विष्ट, १८ मतले गोविन्द पन्थी अगाडि

फेरि पछि परे गुल्मी २ मा गोकर्ण विष्ट, १८ मतले गोविन्द पन्थी अगाडि

काठमाडौँ। गुल्मी क्षेत्र नम्बर २ मा जारी मतगणनामा नेकपा एमाले का गोकर्ण विष्ट फेरि पछि परेका छन्। निर्वाचनको पछिल्लो...

एमालेले कहाँ कहाँ लियो अग्रता?

एमालेले कहाँ कहाँ लियो अग्रता?

काठमाडौँ। प्रतिनिधि सभाअन्तर्गत जारी मतगणनामा नेकपा एमालेका शीर्ष नेताहरू निकै पछाडि देखिएका छन्। अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रिय स्वतन्त्र...

प्रतिनिधिसभा निर्वाचन : कांग्रेस ४ सिटमा विजयी, १० क्षेत्रमा अग्रता

प्रतिनिधिसभा निर्वाचन : कांग्रेस ४ सिटमा विजयी, १० क्षेत्रमा अग्रता

काठमाडौँ। नेपाली कांग्रेसले अहिलेसम्म ४ सिट जितेको छ। तेह्रथुममा सन्तोष सुब्बा, मनाङमा टेकबहादुर गुरूङ, मुस्ताङमा योगेश गौचन थकाली र...

पर्सा १ मा हारे प्रदीप यादव, रास्वपाका पन्त विजयी

पर्सा १ मा हारे प्रदीप यादव, रास्वपाका पन्त विजयी

वीरगन्ज । पर्सा क्षेत्र नम्बर १ बाट रास्वपाका उम्मेदवार बुद्धि प्रसाद पन्त विजयी भएका छन् । रास्वपा उम्मेदवार पन्तले...