अभिनेत्री शेफाली जरीवालाको निधन
काठमाडौं। बलिउड अभिनेत्री शेफाली जरीवालाको मृत्युको कारण अझै स्पष्ट नभएको मुम्बई प्रहरीले बताएको छ। पोस्टमार्टमका लागि उनको शव अस्पताल लगिएको छ। उनी ४२ वर्षकी थिइन्।
मुम्बई प्रहरीले भनेको छ, ‘प्रहरीलाई शुक्रबार राति १ बजे यसबारे जानकारी प्राप्त भयो। उनको शव पोस्टमार्टमका लागि कुपर अस्पताल पठाइएको छ। उनको मृत्युको कारण अझै स्पष्ट भएको छैन।’
एक अधिकारीका अनुसार फोरेन्सिक युनिट र मुम्बई प्रहरीको टोली गोल्डेन रे-वाई भवनमा रहेको अभिनेत्री जरीवालाको अपार्टमेन्ट पुगेर अनुसन्धान थालेका छन्। उनका पति अभिनेता पराग त्यागीले उनलाई मुम्बईको अन्धेरी उपनगरमा रहेको बेलेभ्यु मल्टिस्पेसलिटी अस्पताल पुर्याएका थिए।
अस्पताल स्रोतले भन्यो, ‘उनी (शेफाली जरीवाला) लाई शुक्रबार राति ११स्१५ बजेतिर अस्पताल ल्याइएको थियो। ड्युटीमा रहेका डाक्टरहरूले उनलाई मृत घोषणा गरे।’ शेफालीको मृत्यु हृदयाघातका कारण भएको अनुमान गरिए पनि उनका परिवार वा प्रतिनिधिले अहिलेसम्म कुनै आधिकारिक वक्तव्य जारी गरेका छैनन्।
शेफालीले आफ्नो पतिसँग डान्स शो ‘नच बलिए’ र पछि ‘बिग बोस १३’ जस्ता रियालिटी शोमा भाग लिएर लोकप्रिय भएकी थिइन्। शेफाली २००२ मा ‘काँटा लगा’ गीतबाट चर्चामा आएकी थिइन्।
ताजा अपडेट
-
१.
दार्चुला केन्द्रबिन्दु भएर भूकम्प
-
२.
सुनको मूल्यमा गिरावट
-
३.
मध्यपूर्व द्वन्द्व समाधानका लागि वार्ताको सहजीकरण गर्न पाकिस्तान तयारः प्रधानमन्त्री सरिफ
-
४.
कुवेतमा मिसाइल र ड्रोन आक्रमणः अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन डिपोमा आगलागी
-
५.
प्यालेस्टिनीहरू विरुद्ध इजरायलको ‘राज्य सिद्धान्त’ यातना बनेको छः संयुक्त राष्ट्र संघका विशेषज्ञ
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
क्लव छानबिनमा तानिएपछि रोकियो राष्ट्रिय लिग
-
४.
राप्रपा संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही, प्रमुख सचेतकमा खुश्वु
-
५.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
सम्बन्धित समाचार
नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक
काठमाडौँ। नेपाली चलचित्र पहाडको गीतको भिडियो सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ‘मोहनी लगाउने’ बोलको गीत...
सलमान खानका बुवा डिस्चार्ज
बलिउड पटकथा लेखक तथा अभिनेता सलमान खानका बुवा सलिम खान करिक १ महिनाको मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन्।...
यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार
काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...
बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´
काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...




