
काठमाडौँ। मलेसियामा जारी एसीसी मेन्स यू १६ इस्ट जोन क्रिकेटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले इन्डोनेसियाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।
नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हो। समूह ए अन्तर्गतको यस खेल क्वालालम्पुरस्थित सेलांगर टर्फ क्लबमा पौने ८ बजेदेखि सुरु हुनेछ।
हालसम्म नेपालले खेलेका दुवै खेल जितेको छ। नेपालले पहिलो खेलमा पहिलो खेलमा सिंगापुरलाई ५ विकेटले हराएको थियो।