मङ्लबार, असार १७, २०८२
English
Follow us:

एसीसी मेन्स यू १६ इस्ट जोन क्रिकेट

भुटानमाथि नेपालको सानदार जित

भुटानमाथि नेपालको सानदार जित

  • खबर सेवा

  • मङ्लबार, असार १७, २०८२

  • 48
    SHARES
भुटानमाथि नेपालको सानदार जित

काठमाडौँ। नेपालले एसीसी मेन्स यू १६ इस्ट जोन क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा भुटानमाथि फराकिलो जित निकालेको छ। नेपालले दिएको ३५९ रनको विशाल लक्ष्य पछ्याएको भुटानले ३२।४ ओभरमा ९ विकेट गुमाएर ६० रन मात्र बनाएपछि नेपालले २९८ रनको जित निकालेको हो।

नवौं विकेट खसेपछि पानी पनि पर्न थालेको थियो भने अन्तिम ब्याटर ब्याटिङमा नआउने भएपछि खेल सकिएको घोषणा गरियो।

भुटानका सेजाङ दावाले सर्वाधिक १४ रन बनाए। उगेन केल्जाङले १० रन बनाए। नेपालका लागि कप्तान बिपिन प्रसाद शर्माले १० ओभरमा ६ मेडन राख्दै ७ रन मात्र दिएर ४ विकेट लिए।

सचिन भट्टले ८ ओभरमा ५ मेडन राख्दै १५ रन दिएर २ विकेट लिए। सुयोग भट्टराईले पनि २ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाएर ३५८ रनको विशाल योगफल खडा गरेको थियो। यो प्रतियोगितामा यो दोस्रो सर्वाधिक स्कोर हो। यसअघि नेपालले नै इन्डोनेसियाविरुद्ध ४२० रनको योगफल बनाएको थियो।

रौनक श्रीवास्तवले १३२ बलमा १६ चौका र ५ छक्कासहित १६८ रन बनाए।

जोय थापा ६१ रनमा अविजित रहे भने शिवांश बजगाइले ५४ रन बनाए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology