नेपाली महिला टिम : श्रीलंकाविरुद्ध मैदानमा उत्रदै नेपाली टोली
काठमाडौं। एएफसी वुमन्स एसियन कप २०२६ को छनोटको आफ्नो दोस्रो खेलमा नेपालले आज साँझ श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। उज्वेकिस्तानमा भइरहेको समूह ‘एफ’ को छनोटमा नेपाल र श्रीलंकाबीचको खेल साँझ सवा ६ बजे सुरु हुनेछ।
छनोटमा यसअघि नेपालले पहिलो खेलमा लाओससँग खेलेको थियो। सावित्रा भण्डारी साम्बाले पहिले पटक कप्तानी गरेको सो खेलमा नेपालले लाओसलाई ९-० गोलले पराजित गरेको थियो। नेपालका लागि कप्तान साम्बाले पाँच गोल गरेकी थिइन्। यता पहिलो खेलमा श्रीलंकाले भने आयोजक उज्वेकिस्तानसँग १०-० गोललेको हार ब्यहोरेको थियो।
सन् २०१० यता नेपाल र श्रीलंकाबीच ८ खेल भएका छन्। आठै खेलमा नेपाल विजयी भएको छ। आठ खेलमा नेपालले श्रीलंकाविरूद्ध ३० गोल गर्दा अहिलेसम्म गोल खान परेको छैन। नेपालका लागि कमजोर प्रतिद्वन्द्वी श्रीलंकालाई नेपालले गत वर्षको साफ च्याम्पियनसिपमा ६-० गोलले हराएको थियो।
समूहको शीर्ष टोली मात्र अर्को वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा पुग्नेछ। त्यसैले अन्तिम खेलमा आयोजक उज्वेकिस्तानसँग भिड्नुअघि नेपाल श्रीलंकामाथि सानदार जित निकाल्न चाहान्छ।
ताजा अपडेट
-
१.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
२.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
-
३.
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
-
४.
केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि
-
५.
अफगानिस्तानको आरोपः पाकिस्तानी हवाई आक्रमणमा चार जना सर्वसाधारणको मृत्यु
ट्रेन्डिङ
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




