तरुण दलको महाधिवेशन गर्ने जिम्मेवारी उपाध्याय नेतृत्वको समितिलाई
काठमाडौँ। नेपाली कांग्रेसले भातृ संस्था तरुण दलको महाधिवेशन गर्ने जिम्मेवारी सहमहामन्त्री महालक्ष्मी उपाध्याय नेतृत्वको निर्देशन समितिलाई दिएको छ।
गत सोमबारबाट जारी केन्द्रीय कार्यसमितिको आजको बैठकले तरुण दलको महाधिवेशन गर्ने जिम्मेवारी उपाध्याय नेतृत्वको निर्देशन समितिलाई दिने निर्णय गरेको हो ।
बैठकले तदर्थ समितिका अध्यक्ष विद्वान गुरुङ नेतृत्वको समितिबाट महाधिवेशनका लागि सानो व्यवस्थापन समिति बनाउने निर्णय पनि गरेको छ। बैठकले तरुण दलको महाधिवेशन आगामी मङ्सिर २६ देखि २८ गतेसम्म गर्ने निर्णय पनि गरेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रवीन्द्र मिश्रले छाडे राप्रपा
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीबाट राजीनामा दिएका छन् । काठमाडौँ १ मा बेहोरेको ‘ह्यट्रिक...
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत गुल्मी निर्वाचन क्षेत्र नं २ को अन्तिम नतिजा सार्वजनिक भएको छ। प्राप्त...
डोटीमा कांग्रेसका भरतबहादुर खड्का
डोटी। डोटीमा नेपाली कांग्रेसका भरतबहादुर खड्का निर्वाचित भएका छन्। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको आज आएको मतपरिणाम...
फेरि पछि परे गुल्मी २ मा गोकर्ण विष्ट, १८ मतले गोविन्द पन्थी अगाडि
काठमाडौँ। गुल्मी क्षेत्र नम्बर २ मा जारी मतगणनामा नेकपा एमाले का गोकर्ण विष्ट फेरि पछि परेका छन्। निर्वाचनको पछिल्लो...




