सोमवार, भदौ २, २०८२
English
Follow us:

एएफसी महिला एसियन कप

साम्बाको ह्याट्रिकमा श्रीलंकाविरुद्ध नेपाली महिला टोलीको सानदार जित

साम्बाको ह्याट्रिकमा श्रीलंकाविरुद्ध नेपाली महिला टोलीको सानदार जित

  • खबर सेवा

  • बुधबार, असार १८, २०८२

  • 86
    SHARES
साम्बाको ह्याट्रिकमा श्रीलंकाविरुद्ध नेपाली महिला टोलीको सानदार जित

काठमाडौँ। एएफसी महिला एसियन कप छनोट प्रतियोगिताको समूह ‘एफ’मा रहेको नेपालले लगातार दोस्रो खेलमा पनि जित निकालेको छ। बुधबार उज्वेकिस्तानको मिली रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई ८–० ले पराजित गरेको हो।

जसका लागि कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले ३, गीता रानाले दुई तथा निशा थोकर, रेखा पौडेल र पुजा रानाले समान एकरएक गोल गरे। पहिलो खेलमा लाओसलाई ९–० ले हराएको नेपाल यो जितसँगै हालका लागि अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

नेपालले अन्तिम खेलमा शनिबार घरेलु टोली उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

समूहबाट शीर्ष टोलीले अर्को वर्ष अस्ट्रेलियामा हुने एएफसी महिला एसिया कपमा सहभागिताको मौका पाउनेछ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology