आइतवार, साउन १२, २०८२
English
Follow us:

ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनले गरे अस्वीकार

ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनले गरे अस्वीकार

  • खबर सेवा

  • शुक्रबार, असार २०, २०८२

  • 67
    SHARES
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनले गरे अस्वीकार

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामका लागि गरेको प्रस्ताव रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अस्वीकार गरेका छन्। ट्रम्पले रुस–युक्रेन युद्धमा सम्भावित युद्धविरामको विषयमा पुटिनसँग फोनमा कुराकानी गरे पनि युद्धविरामबारे कुनै प्रगति हुन नसकेको बताएका छन् ।

‘हामीले फोनमा निकै लामो कुराकानी गर्‍यौँ। हामीले इरानलगायत धेरै कुरा गर्‍यौँ,’ ट्रम्पले पत्रकाहरूसँग भने, ‘युक्रेनसँगको युद्धबारे पनि कुरा भयो। तर म यसबाट खुसी हुन सकिनँ।’ पुटिनका सहयोगी युरी उसाकोभले ट्रम्पले तत्काल युद्धविरामका लागि गरेको प्रस्तावमा पुटिनले सहमति नजनाएको बताए।

रुसी राष्ट्रपति पुटिनले रुसले द्वन्द्वमा आफ्नो निर्दिष्ट उद्देश्यहरू पूरा गर्ने र वार्तामार्फत द्वन्द्वको राजनीतिक समाधान खोजिरहने उसाकोभले बताए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology