मङ्लबार, साउन १४, २०८२
English
Follow us:

महिला एसियन कप छनोट : उज्वेकिस्तान र फाइनल भिडन्तमा

महिला एसियन कप छनोट : उज्वेकिस्तान र फाइनल भिडन्तमा

  • खबर सेवा

  • शनिबार, असार २१, २०८२

  • 34
    SHARES
महिला एसियन कप छनोट : उज्वेकिस्तान र फाइनल भिडन्तमा

काठमाण्डौं। एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाली राष्ट्रिय महिला फुटबल टोलीले घरेलु टोली उज्वेकिस्तानको सामना गर्दैछ।

उज्वेकिस्तानमा हुने खेल शनिबार साँझ सवा ९ बजेपछि सुरु हुनेछ।

आजको खेलमा पराजित हुने टोली एसियन कपको दौडबाट बाहिरिने छ। त्यसैले दुवै टोली जितका लागि नै मैदान उत्रनेछन्।

यी दुई टोलीबीच निर्धारित ९० मिनेटमा नतिजा नआएमा खेल सिधै टाइब्रेकरमा जानेछ। त्यसैले नेपाली टोली निर्धारित ९० मिनेटमा नै उज्वेकिस्तानलाई हराउने रणनीतिमा हुनेछ।

समूह चरणमा लगातार दोस्रो जित निकालेका नेपाल र उज्वेकिस्तानको समान ६ अंक छ। यी दुई टोलीले २ खेलमा समान १७ गोल गरेका छन्।

समूह चरणको पहिलो खेलमा लाओसलाई ९–० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ८–० ले पाखा लगाएको थियो। उता उज्वेकिस्तानले भने श्रीलंकालाई १०–० ले तथा लाओसलाई ७–० ले पराजित गरेको थियो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology