स्वास्थ्य

फैलियो देशभर कोरोना

काठमाडौँ। नेपालमा कोभिड–१९ को संक्रमण बढ्दै गएको छ। पछिल्लो समयमा नेपालमा कोभिड–१९ को संक्रमण विभिन्न जिल्लामा देखिन थालेको छ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार २०८१ पुस १७ गतेदेखि २०८२ असार १९ गतेसम्म नेपालका ३१ जिल्लामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ।

हालसम्म कोभिड–१९ का दुई सय ४९ जनामा कोरोना संक्रमण देखा परेको छ । एक हप्तामा ३५ जनामा कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोभिड–१९ बाट एक जनाको मृत्युसमेत भइसकेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै मन्त्रालयले देशभर १७ सीमा नाकामा रहेका हेल्थ डेस्कमा कोभिड–१९ को निगरानीलाई थप प्रभावकारी बनाएको बताए।

उनले भने, ‘सबै सीमा नाकाका हेल्थ डेस्कमा कोभिड–१९ आरडिटी विधिबाट परीक्षण भइरहेको छ।’

कोभिड–१९ लगायत श्वास–प्रश्वासका माध्यमबाट सर्ने अन्य विभिन्न सङ्क्रामक रोगबाट सुरक्षित हुन मास्क लगाउने, साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, व्यक्तिगत सरसफाइमा ध्यान दिने जस्ता मापदण्ड अपनाउन अनुरोध गरिएको छ।

उनले कोभिड–१९ प्रभावित क्षेत्रबाट आएका र कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षण भए ‘सेल्फ क्वारिन्टाइनरआइसोलेसन’मा बस्न आग्रह गरे।

सम्बन्धित समाचार

बालबालिकामा पनि देखियो कुष्ठरोगको जोखिम, सरकारले प्राथमिकतामा राखेर नियन्त्रण गर्ने

बालबालिकामा पनि देखियो कुष्ठरोगको जोखिम, सरकारले प्राथमिकतामा राखेर नियन्त्रण गर्ने

काठमाडौँ। सरकारले बालबालिकामा देखिएको कुष्ठरोगको जोखिमलाई उच्च प्राथमिकतामा राखेर नियन्त्रण गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । हालै सार्वजनिक भएको...

निर्वाचनका बेला स्वास्थ्य सेवा निरन्तर राख्न मन्त्रालयको उच्च तयारी

निर्वाचनका बेला स्वास्थ्य सेवा निरन्तर राख्न मन्त्रालयको उच्च तयारी

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समयमा स्वास्थ्य सेवा निरन्तर राख्न उच्च शतर्कता...

कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू

कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू

कुष्ठरोग प्रभावितहरूको अधिकार रक्षा, कानूनी विभेदको अन्त्य र प्रभावकारी नीति कार्यान्वयनका लागि राज्यले ‘दया’ को साटो ‘अधिकारमुखी’ दृष्टिकोण अपनाउनुपर्नेमा...

स्वास्थ्य व्यवसायी परिषद्को १७ औँ लाइसेन्स परीक्षामा ६७.३१ प्रतिशत उत्तीर्ण

स्वास्थ्य व्यवसायी परिषद्को १७ औँ लाइसेन्स परीक्षामा ६७.३१ प्रतिशत उत्तीर्ण

काठमाडौं। नेपाल स्वास्थ्य व्यवसायी परिषद्को १७ औँ लाइसेन्स परीक्षामा ६७.३१ प्रतिशत उत्तीर्ण भएका भएका छन्। परिषद्ले फागुन ५ गतेखि...