उज्बेकिस्तानसँग नेपाली टिम पराजित
काठमाडौँ । उज्बेकिस्तानसँग पेनाल्टी सुटमा हार व्यहोर्दा नेपाली महिला टोलीको एएफसी एसियन कप पुग्ने सपना चकनाचुर भएको छ। झन्डै ३ दशकपछि एसियन कप खेल्ने सपना उज्बेकिस्तानसँग पराजित हुँदा पूरा नहुने भएको हो।
शनिबार राति निर्धारित ९० मिनेटको खेल ३–३ को बराबरीमा रोकिएपछि खेल पेनाल्टी सुटमा धकेलिएको थियो। जहाँ उज्बेकिस्तान हाबी हुँदै ४–२ को नतिजा हात पर्यो। नेपालका सावित्रा भण्डारी ‘साम्बा’ र अन्जना राना मगर पेनाल्टीमा चुक्दा नतिजा उज्बेकिस्तानको पोल्टामा गयो।
नेपालका लागि गीता राना र सविता रानामगरको प्रहार गोलमा परिणत भएको थियो। अब एसियन कपसँगै विश्वकपको ढाको पनि नेपालको बन्द भएको छ। एसियन कपमा पुगेका १२ मध्येबाट छ टोलीले विश्वकप खेल्ने गर्दछन्। तर नेपाल एसियन कपमै पुग्न सकेन। नेपालका तर्फबाट भण्डारीले नै ह्याट्रिक गर्दै खेल बराबरीमा पुगेको थियो।
खेलको ७१ औँ मिनेटमा कप्तान सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ३–२ को अवस्थामा ल्याइन्। त्यसको दुई मिनेटमा नै साम्बाले ह्याट्रिक पूरा गर्दा नेपाल ३–३ को स्थितिमा आएको थियो।
त्यसअघि खेलको दोस्रो मिनेटमा नै १–० ले अग्रता बनाएको उज्बेकिस्तानले ११औँ मिनेटमा अग्रता दोब्बर पारेको थियो। उज्बेकिस्तानले नेपालको आत्मघाती गोलमा अग्रता दोब्बर पारेको थियो।
ताजा अपडेट
-
१.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
२.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
३.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
-
४.
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
-
५.
केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि
ट्रेन्डिङ
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




