राजनीति

रुपन्देही–३ उपनिर्वाचन ; नाउपाबाट उम्मेदवार उठाउने निर्णयप्रति जनमतको आपत्ति

काठमाडौं। सङ्घीय लोकतान्त्रिक मोर्चाले रुपन्देहीमा हुने उपनिर्वाचनमा साझा उम्मेदवार उठाउने निर्णय गरेको छ । मंगलबार काठमाडौँमा बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले बताए ।

रुपन्देही ३ मा हुने उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार उठाउने निर्णय गरिएको हो । उक्त निर्णयप्रति डा।सिके राउत नेतृत्वको जनमत पार्टीले असहमति जनाएको छ। जनमत पार्टीले आफ्नो छुट्टै उम्मेदवार उठाउने निर्णय गरेको छ ।

मोर्चाबाट उपनिर्वाचनबारे आधिकारिक निर्णय गर्ने भएपछि जनमत पार्टीका नेताहरू आजको बैठकमा उपस्थित भएनन् । रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा आउँदो कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ।

निजामती ऐनमा कुलिङ पिरियडकाबारेमा भएको अनियमितताबारे छानबिनको माग समेत मोर्चाको बैठकले गरेको छ । साथै सर्वोच्च अदालतले ५२ जनाको संवैधानिक नियुक्तिलाई गरेको सदरप्रति पनि मोर्चाले आपत्ति जनाएको छ ।

सम्बन्धित समाचार

हारे पूर्वप्रधानमन्त्री माधव नेपाल, रास्वपा चौधरी टहट क्षेत्र नम्बर रौटहट १ बाट विजयी

हारे पूर्वप्रधानमन्त्री माधव नेपाल, रास्वपा चौधरी टहट क्षेत्र नम्बर रौटहट १ बाट विजयी

काठमाडौँ। रौटहट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार राजेश चौधरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी...

दुईतिहाई बहुमततिर रास्वपा!

दुईतिहाई बहुमततिर रास्वपा!

काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनको मतगणना जारी छ । प्रत्यक्ष र समानुपातिक दुवैतर्फ रास्वपा हाबी हुँदै दुई तिहाइ बहुमततर्फ अग्रसर...

पार्टीपंक्तिलाई रास्वपा प्रवक्ता झाको अपिल, आवश्यकता भन्दा बढी उत्साहित नहुनू

पार्टीपंक्तिलाई रास्वपा प्रवक्ता झाको अपिल, आवश्यकता भन्दा बढी उत्साहित नहुनू

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी/रास्वपाका प्रवक्ता मनिष झाले पार्टीका नेता, कार्यकर्तालाई आवश्यकता भन्दा बढी उत्साहित नहुन आह्वान गर्नुभएको छ ।...

रवीन्द्र मिश्रले छाडे राप्रपा

रवीन्द्र मिश्रले छाडे राप्रपा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीबाट राजीनामा दिएका छन् । काठमाडौँ १ मा बेहोरेको ‘ह्यट्रिक...