म एमालेको अध्यक्ष बन्न सदस्यता नवीकरण गरे, ओलीले आकांक्षा नराख्ने विश्वास छ ; विद्या भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको अध्यक्षमा प्रधानमन्त्री केपी शर्मा ओली फेरि नआउने विश्वास व्यक्त गरेकी छन्।
एक टेलिभिजनको अन्तर्वार्तामा भण्डारीले एमाले नेतृत्व फेरिने विश्वास गरेकी हुन्।
‘दोहोर्याएर एउटै कक्षामा जाँच दिन्न भन्ने खालको व्यक्ति हो (केपी ओली),’ भण्डारीले भनेकी छन्, ‘मलाई लाग्छ अरु नेताहरुले भने भन्दैमा दोहोर्याउने, तेहेर्याउने, मैले चिनेको केपी ओली त्यस्तो होइन ।’
यद्यपि, माधव नेपालहरुले पार्टी छोडेकाले एमाले अध्यक्षमा ओली दोहोरिनु परेको पूर्वराष्ट्रपति भण्डारीको तर्क छ । तर, अब ओलीले नेतृत्व हस्तान्तरण गर्नेमा आफू विश्वस्त रहेको उनले बताएकी छन्।
अन्तर्वार्ताका क्रममा पूर्वराष्ट्रपति भण्डारीले नेतृत्व परिवर्तनका सन्दर्भमा लोकतान्त्रिक अभ्याससम्मै पुग्नु परेपनि त्यसलाई स्वभाविक रुपमा लिनुपर्ने बताएकी छन्।
‘(केपी ओली) सहकर्मी हो, साथी हो, सहयोद्धा हो, एउटै उद्देश्य र लक्ष्य पूरा गर्नका लागि । तर, लोकतान्त्रिक प्रक्रियामा सामेल भएपछि कहिलेकाँही समकालीन साथीहरुको बीचमा पनि प्रतिस्पर्धा हुन्छ,’ भण्डारीले भनेकी छन्, ‘यसलाई स्वभाविक रुपमा लिनुपर्छ, सबैले ।’
ताजा अपडेट
-
१.
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
-
२.
सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल
-
३.
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई
-
४.
सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री
-
५.
चुनाव सम्पन्न गरेकोमा राष्ट्रपतिद्वारा सरकारलाई धन्यवाद
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...
सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल
काठमाडौँ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनले सुरक्षा व्यवस्थापनका हिसाबले सुरक्षानिकाय सक्षम प्रमाणित भएको बताउनुभएको छ। बिहीवार...
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई
काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...
सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदानपछि नवनिर्वाचित सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्न चाहेको बताउनुभएको छ। मतदान सम्पन्न भएपछि उहाँले भन्नुभएको...




