एक मिनेटपनि नबसी सकियो काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक, आइतबार नगरसभा र कार्यपालिका बैठक बस्ने
काठमाडौं। काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक एक मिनेट पनि नबसी सकिएको छ । ६ महिनापछि बसेको कार्यपालिका बैठकमा एउटा मात्रै प्रस्ताव पारित गरेर सकिएको हो।
बैठक सुरु हुनासाथ मेयर बालेन्द्र शाह (बालेन) ले प्रस्ताव पढेर सुनाए । काठमाडौं प्लाजास्थित महानगरपालिकाको कार्यालयमा बसेको बैठकमा आइतबार बिहान ९ बजे कार्यपालिका बस्ने र दिउँसो २ बजे नगरसभा बस्ने प्रस्ताव पेस गरे ।
उनले उक्त प्रस्ताव पेस गरेलगत्तै कार्यपालिका सदस्यले प्रस्ताव स्वीकार गरे ।
लगत्तै, अन्य केही विषय नभएको भन्दै मेयर शाहले बैठक सकिएको घोषणा गरे ।
‘एजेन्डामा २४ वटा गएको भए पनि आज एउटा मात्रै राख्ने कुरा भएको छ । प्रस्ताव नम्बर एकमा रहेको काठमाडौं महानगरपालिकाको १७ औं नगर सभा अधिवेशन मिति तोक्ने सन्दर्भमा मिति २९ गते दिउँसो २ बजे नगरसभा र बिहान ९ बजे कार्यपालिका बस्ने प्रस्ताव पेस गर्न चाहन्छु, सभा गृहमा । अन्य केही विषय नभएर बैठक सम्पन्न भएको घोषणा गर्दछु,’ मेयर शाहले यतिमात्रै भने।
आजै काठमाडौं महागरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ मा २५ अर्ब ११ करोड रुपैयाँ बराबरको सीमा निर्धारण गरेको छ । राजश्व परामर्श समितिको बैठकले सो सीमा निर्धारण गरेको हो । आइतबार सोही बराबरको बजेट आइतबार सार्वजनिक हुनेछ ।
सम्बन्धित समाचार
हारे पूर्वप्रधानमन्त्री माधव नेपाल, रास्वपा चौधरी टहट क्षेत्र नम्बर रौटहट १ बाट विजयी
काठमाडौँ। रौटहट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार राजेश चौधरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी...
दुईतिहाई बहुमततिर रास्वपा!
काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनको मतगणना जारी छ । प्रत्यक्ष र समानुपातिक दुवैतर्फ रास्वपा हाबी हुँदै दुई तिहाइ बहुमततर्फ अग्रसर...
पार्टीपंक्तिलाई रास्वपा प्रवक्ता झाको अपिल, आवश्यकता भन्दा बढी उत्साहित नहुनू
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी/रास्वपाका प्रवक्ता मनिष झाले पार्टीका नेता, कार्यकर्तालाई आवश्यकता भन्दा बढी उत्साहित नहुन आह्वान गर्नुभएको छ ।...
रवीन्द्र मिश्रले छाडे राप्रपा
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीबाट राजीनामा दिएका छन् । काठमाडौँ १ मा बेहोरेको ‘ह्यट्रिक...




