खेलकुद

क्रिकेटर सुशील रावललाई रुप्से होलिडेले १ लाख दिने

काठमाडौँ। रुप्से होलिडेले युवा क्रिकेटर सुशील रावललाई १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ। रावलको अपिलपछि रुप्से होलिडेले उनलाई १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको हो।

कम्पनीका सञ्चालक रमेश पराजुलीका अनुसार रावलको अवस्थाबारे जानकारी पाएपछि नेपाल क्रिकेट अध्यक्ष (क्यान)अध्यक्ष चतुरबहादुर चन्दसँग छलफल गरी सहयोगको निर्णय गरिएको हो।

रावलले सामाजिक सञ्जालमा आफूलाई प्रमाणपत्र वा माला होइन, भारतमा प्रशिक्षणका लागि आवश्यक १ लाख रुपैयाँ सहयोग चाहिएको भन्दै अपिल गरेका थिए। हालै मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कपमा नेपाललाई उपाधि जिताउन उनले महत्त्वपूर्ण योगदान दिएका थिए।

रावलले भनेका थिए, ‘स्वागत र सम्मानमा मलाई प्रमाणपत्र र माला होइन, अहिले आर्थिक सहयोग चाहिएको छ। म सुशील रावल । मलेसियामा भएको एसीसी यू१६ इस्ट जोन कप उठाउन सफल खेलाडी। म आज घर फर्किँदै छु। बझाङबाट छनौट भएर खेले पनि दैनिकी बसाइ कञ्चनपुरको शुक्लाफाँटा ५ गर्जमुनिमा छ। अहिले मलाई सम्मानको रूपमा खादा र प्रमाण पत्र भन्दा पनि आर्थिक सहयोगको एकदमै जरुरी परेको छ।’

उनले फेसबुकमा २-३ महिनापछि यू १९ राष्ट्रिय टोलीको छनोट हुने त्यसका लागि अभ्यास गर्न भारत जानुपर्ने र अभ्यासमा करिब १ लाख खर्च लाग्ने भए पनि आफूसँग उक्त रकम नभएको पोस्ट गरेका थिए।

आफ्नो आर्थिक अवस्था कमजोर रहेको उल्लेख गर्दै उनले माला खादा भन्दा बढी आर्थिक कुरालाई महत्त्व दिएर सहयोगको याचना गरेका थिए।

 

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...