अर्थ

काठमाडौँ महानगरको बजेट २५ अर्ब ७६ करोड

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले झन्डै २६ अर्बको बजेट ल्याएको छ। महानगरकी उपप्रमुख सुनिता डंगोलले आइतबार नगरसभामा २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँ बराबरको बजेट पेस गरेकी हुन्। चालु आवका लागि काठमाडौँ महानगरले २५ अर्ब ७० करोड ६३ लाख २५ हजारको बजेट ल्याएको थियो।

महानगरपालिकाले गत वर्षभन्दा केही बढी रकमको मात्र बजेट ल्याएको हो। स्थानीय सरकारले असार १० गते नै बजेट पेस गर्नुपर्ने भए पनि काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँबीचको विवादका कारण बजेट असार २९ मात्र ल्याइएको हो।

डंगोलले नगरसभामा भनिन्, ‘महानगरपालिकाको नीति तथा कार्यक्रमलाई साकार पार्न आगामी आर्थिक वर्ष २०८२र८३ का लागि २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ सञ्तितकोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुने गरी कुल २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट पेस गर्दछु।’

अगामी आर्थिक वर्षको लागि सञ्चित कोषमा २५ अरब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ जम्मा हुने देखिएको छ। जसमध्ये काठमाडौँ महानगरपालिकाको आन्तरिक आय र बैक मौज्दात गरी कुल २० अर्ब १२ करोड ६४ लाख रुपैयाँको स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ भने नेपाल सरकार तथा प्रदेश सरकारबाट सःसर्त, समानीकरण, राजस्ट बाँडफाँडबाट प्राप्त हुने अनुदान चार अर्ब ९८ करोड ७९ लाख ४१ हजार रुपैयाको स्रोत सुनिश्चित भएको छ।

क्षेत्रगत रुपमा हेर्दा प्रस्तुत बजेट तथा कार्यक्रम अन्तर्गत आर्थिक विकासमा कुल बजेटको तीन प्रतिशत अर्थात् ७५ करोड ३४ लाख ३० हजार रुपैयाँ प्रस्ताव गरिएको वजेट वक्तव्यमा उल्लेख छ।

त्यसैगरी सामाजिक विकासमा २० प्रतिशत अर्थात् पाँच अर्ब दुई करोड २८ लाख ६८ हजार रुपैयाँ प्रस्ताव गरिएको छ। पूर्वाधार विकासतर्फ ५१ प्रतिशत अर्थात् १२ अर्ब ८० करोड ८३ लाख १४ हजार रुपैयाँ रहेको छ भने सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १२ प्रतिशत अर्थात् तीन अर्ब एक करोड ३७ लाख २१ हजार प्रस्ताव गरिएको छ।

कार्यालय सञ्चलन तथा प्रशासनिक क्षेत्रतर्फ १४ प्रतिशत अर्थात् तीन अर्ब ५१ करोड ६० लाख ८ हजार रुपैयाँ प्रस्ताव गरिएको डंगोलले बताइन्।

सम्बन्धित समाचार

हेर्नुस् डलरको भाउ

हेर्नुस् डलरको भाउ

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर,...

अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित

अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित

काठमाडौँ। आम निर्वाचनको आसपासमा करिव एक साता बिदा प(यो । सरकारले फागुन २० देखि २२ गतेसम्म तीन दिन सार्वजनिक...

निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान

निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान

काठमाडौँ। आसन्न निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकामा रहेका अधिकांश नागरिक आफ्नो गृहजिल्ला फर्किएपछि राजधानीका सडकहरु सुनसान बनेका छन् ।...

‘मतदान गर्न जान गाडी नपाएको नागरिकको गुनासो’

‘मतदान गर्न जान गाडी नपाएको नागरिकको गुनासो’

काठमाडौं। काठमाडौं उपत्यकाबाट गृहजिल्ला फर्किन खोज्ने मतदाताले मतदान गर्न घर जान खोज्दा यातायातका सवारीसाधन नपाएको गुनासो गरेका छन् ।...