कला

‘अपाच्य गीत’ विरूद्ध साइबर ब्युरोमा उजुरी

काठमाडौं। अपाच्य गीतु का विरूद्ध राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको टिम नेपाल प्रहरीको साइबर ब्युरो पुगेको छ।

आइतबार दिउँसो साइबर ब्युरो पुगेर प्रतिष्ठानले पछिल्लो समय सार्वजनिक पाँच वटा गीतविरूद्ध कारबाहीको मागसहित निवेदन दिएको छ।

पर्व विशेष गीत वा अन्य लोकगीतका नाममा सामाजिक मर्यादा, सहिष्णुता एवं मूल्य मान्यतालाई समेत खलल पुर्‍याउने प्रकृतिका गीतविरूद्ध निवेदन दिइएको दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले जानकारी दिइन्।

प्रतिष्ठान अध्यक्ष रितासहित रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी, दोहोरीगीत प्रतिष्ठानका महासचिव शिव हमाल, सचिव पुष्कल शर्मासहितका कलाकार साइबर ब्युरो पुगेका थिए।

खासगरी लोकदोहोरी र त्यसमा पनि पर्व विशेषका गीतका नाममा अपाच्य शब्द र उच्छृङ्खल भिडिओ आइरहेको गुनासो छ। त्यसमा पनि तीज विशेष गीतमा धेरै उच्छृङ्खल बढेको गुनासो सुनिन्छ।

कारबाहीको मागसहित निवेदन दिएका गीतहरू पनि सबै पछिल्लो समय तीज गीतका नाममा सार्वजनिक भएका गीत रहेको प्रतिष्ठानले जनाएको छ।

 

सम्बन्धित समाचार

बालेनले ल्याउनुभयो शपथअघि नै गीत

बालेनले ल्याउनुभयो शपथअघि नै गीत

https://youtu.be/Yse0H0mXEuQ?si=LaEi_s7185yTaFr- काठमाडौं। रास्वपा बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले भोलि प्रधानमन्त्रीका रुपमा सपथ लिँदैहुनुहुन्छ। आज बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले...

नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक

नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक

काठमाडौँ। नेपाली चलचित्र पहाडको गीतको भिडियो सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ‘मोहनी लगाउने’ बोलको गीत...

सलमान खानका बुवा डिस्चार्ज

सलमान खानका बुवा डिस्चार्ज

बलिउड पटकथा लेखक तथा अभिनेता सलमान खानका बुवा सलिम खान करिक १ महिनाको मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन्।...

यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार

यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार

काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...