‘साम्बला’ सर्वोत्कृष्ट चलचित्र घोषित, को भए उत्कृष्ट नायक-नायिका?
काठमाडौं। ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह २०८१’ मा निर्देशक मीनबहादुर भाम निर्देशित फिल्म ‘साम्बला’ सर्वोत्कृष्ट राष्ट्रिय चलचित्र घोषित गरिएको छ।
सोही फिल्मका लागि मीनबहादुर भाम ‘उत्कृष्ट निर्देशक’को रूपमा पुरस्कृत भए । कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट ठहरिएका कलाकार तथा प्राविधिकहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गरेका थिए।
अन्य विजेताहरू :
उत्कृष्ट अभिनेता : विजय बराल (‘पूर्णबहादुरको सारंगी’
उत्कृष्ट अभिनेत्री : उपासना सिंह ठकुरी ‘खुस्मा’)
उत्कृष्ट सम्पादक : भरत रेग्मी ; ‘पुजार सार्की’)
उत्कृष्ट छायाकार, पुरुषोत्तम प्रधान ; ‘पिताम्बर’)
उत्कृष्ट लेखन : दीपकराज गिरी (छक्कापन्जा ५’)
उत्कृष्ट आदिवासी मातृभाषी चलचित्र : ‘गालय् वन’ (‘नेपाल भाषा)।
निर्णायक समिति प्रोत्साहन पुरस्कार : प्रदीप खड्का (‘पुजार सार्की’)।
कार्यक्रममा लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा योगदान पुर्याउँदै आएका निर्देशक लक्ष्मीनाथ शर्मालाई नगद ३ लाख ७५ हजार रुपैयाँसहित दीर्घ साधना सम्मान प्रदान गरिएको थियो।
चलचित्र क्षेत्रको प्रगतिमा योगदान पुर्याउने कलाकार, निर्देशक तथा प्राविधिकलाई सम्मान तथा पुरस्कार प्रदान गरेर राष्ट्रिय सिने उद्योगको सम्मान र हौसला बढाउने उद्देश्यले समारोहको आयोजना गरिएको हो।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार
काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...
बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´
काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...
वर्षाले छाडेपछि ‘कार्की साइँला’मा भित्रिइन् प्रियना
काठमाडौँ। राजेन्द्र बस्नेतको निर्देशनमा बन्न लागेको फिल्म ‘कार्की साइँला’मा मुख्य अभिनेत्री परिवर्तन भएका छन् । गत बैशाखमा वर्षा सिकावोटीलाई...
प्रदर्शनरत कुन चलचित्रको कति कमाइ ?
काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्ड अन्तर्गत रहेको...




