
काठमाडौँ। यस वर्षको ‘जसुदा स्मृति पत्रकारिता पुरस्कार’ इलामकी पत्रकार सविता पाण्डेलाई प्रदान गरिएको छ ।
एक समारोहमा इलाम नगरपालिकाका मेयर केदार थापा र उपमेयर विष्णु लिम्बू दाहालले पाण्डेलाई पुरस्कृत गरे । जसुदा स्मृति पत्रकारिता पुरस्कार स्व।जसुदा श्रेष्ठको सम्झनामा प्रत्येक वर्ष एक पत्रकार वा साहित्यकारलाई प्रदान गरिन्छ ।
पुरस्कार ग्रहण गर्दै पत्रकार पाण्डेले यो सम्मानले आफूलाई अझ जिम्मेवार बनाएको बताइन्। आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्ती अवसरमा इलाम नगरपालिकाअन्तर्गत इलाम नगर साहित्य, कला संगीत प्रतिष्ठानले कार्यक्रम आयोजना गरेको थियो ।