राजनीति

संसद विघटनले मलाई पछ्याइरहन्छ ; पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले संविधान अनुसार संसद विघटन सदर गरेको बताएकी छन्। कसैको दबाबले भन्दा पनि आफूले संविधानले गरेको व्यवस्था अनुसार दुईपटक संसद विघटन सदर गरेको बताएकी हुन्।

मदन भण्डारी फाउण्डेसनले मंगलबार अनामनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरूको जिज्ञासाको उत्तर दिने क्रममा पूर्वराष्ट्रपति भण्डारीले संसद विघटनको घटनाले आफूलाई पछ्याइरहने कुराबारे जानकार रहेको समेत बताएकी छन्।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदको सिफारिस अनुसार २०७७ पुस ५ मा पहिलोपटक र २०७८ जेठ ७ मा दोस्रोपटक प्रतिनिधिसभा विघटन भएको थियो।

ओलीले दुई–दुई पटक प्रतिनिधिसभा विघटन गर्दा तत्कालै सदर गरेको भन्दै त्यसबेलाकी राष्ट्रपति भण्डारीको ठूलो आलोचना भएको थियो। यद्यपि संसद्को ती दुवै विघटन सर्वोच्च अदालतले बदर गरेको थियो। मंगलबार सोही विषयमा पत्रकारहरूले उनलाई सोधेका थिए।

‘संसद विघटन विगतको कुरा हो, यसले मलाई पछ्याइरहन्छ भन्ने कुरामा म जानकारै छु,’ उनले भनिन्, ‘२०१७ सालको कुरा पनि इतिहासमा आइरहन्छ, पछि २०५१ मा पनि विघटन भएको छ त्यो पनि आइरहन्छ। म राष्ट्रपति भएको बेलामा पनि दुईचोटि संसद विघटन भएको छ, त्यो आइरहन्छ, तर त्यसलाई मैले कुनै दबाबभन्दा पनि मन्त्रिपरिषद्ले निर्णय गरेर आएको कुरालाई कार्यान्वयन गरेको हो, जे व्यवस्था छ त्यही गरेको हो।’

भण्डारीले आफूले कुनै दबाबमा परेर विघटन सदर नगरेको बताएकी छन्।

 

सम्बन्धित समाचार

निर्वाचनपछिको समीक्षाको खास काम छैन : गोकुल बास्कोटा

निर्वाचनपछिको समीक्षाको खास काम छैन : गोकुल बास्कोटा

काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बास्कोटाले निर्वाचनपछिको समीक्षाको खास काम नभएको बताउनुभयो। उहाँले आज सामाजिक सञ्जालमार्फत तर पनि यसले...

कतिपय मतदाताले मतपत्रमा कुनै पनि चुनाव चिन्हमा सङ्केत नगरी खसाले : आयोग

कतिपय मतदाताले मतपत्रमा कुनै पनि चुनाव चिन्हमा सङ्केत नगरी खसाले : आयोग

काठमाडौँ। प्रत्यक्षतर्फको मतगणना सम्पन्न भइ नतिजा घोषणा भएका निर्वाचन क्षेत्रहरूमा निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणना कार्यलाई पनि तीव्रता दिएको छ।...

हारे पूर्वप्रधानमन्त्री माधव नेपाल, रास्वपा चौधरी टहट क्षेत्र नम्बर रौटहट १ बाट विजयी

हारे पूर्वप्रधानमन्त्री माधव नेपाल, रास्वपा चौधरी टहट क्षेत्र नम्बर रौटहट १ बाट विजयी

काठमाडौँ। रौटहट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार राजेश चौधरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी...

दुईतिहाई बहुमततिर रास्वपा!

दुईतिहाई बहुमततिर रास्वपा!

काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनको मतगणना जारी छ । प्रत्यक्ष र समानुपातिक दुवैतर्फ रास्वपा हाबी हुँदै दुई तिहाइ बहुमततर्फ अग्रसर...