सोमवार, भदौ २, २०८२
English
Follow us:

लकेन लिम्बूले खेल्ने भए कम्बोडियन प्रिमियर लिग

लकेन लिम्बूले खेल्ने भए कम्बोडियन प्रिमियर लिग

  • खबर सेवा

  • मङ्लबार, असार ३१, २०८२

  • 109
    SHARES
लकेन लिम्बूले खेल्ने भए कम्बोडियन प्रिमियर लिग

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर लकेन लिम्बूले कम्बोडियन प्रिमियर लिग खेल्ने भएका छन्। उनले सिजन २०२५/२६ का लागि कम्बोडियन प्रिमियर लिग खेल्ने टोली किरिभोङ सोक सेन चे एफसीसँग सम्झौता गरेका छन्।

२२ वर्षीय लकेन सिंगापुरमा हुर्किएका फुटबलर हुन्। दुई वर्षअघि उनले राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए। उनले डेब्यू यता एक असिस्ट र एक गोल गरेका छन्। यसअघि भारतको आइ-लिग क्लब दिल्ली एफसी खेलेका थिए। यस्तै उनले नेपाल सुपर लिगमा उनले झापा एफसीको मार्की खेलाडी भएर खेलेका थिए।

कम्बोडियाको क्लबमा आबद्ध भएपछि उनले खुसी व्यक्त गर्दै खेल्न व्यग्र प्रतिक्षा गरेको बताएका छन्। यस्तै उनले विगत चार वर्षदेखि नेपालमा खेलिरहेको तथा नेपाल र भारतका क्लबबाट खेलेर अनुभव बटुलेको पनि बताए।

उनले आफ्नो अनुभव नयाँ टोलीका लागि सहयोगी हुने विश्वास व्यक्त गर्दै आफूले मुख्यता सेन्ट्रल मिडफिल्डको भूमिका खेल्ने बताए।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology