आइतवार, भदौ १, २०८२
English
Follow us:

हेर्नुहोस् आजको डलरको भाउ?

हेर्नुहोस् आजको डलरको भाउ?

  • खबर सेवा

  • बुधबार, साउन १, २०८२

  • 100
    SHARES
हेर्नुहोस् आजको डलरको भाउ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनरसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। हिजो यी सबैजसो विदेशी मुद्राको मूल्य बढेको थियो।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ र बिक्रीदर १३७ रुपैयाँ ६० पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ २८ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८८ पैसा थियो।

आज युरो एकको खरिददर १५९ रुपैयाँ ९१ र बिक्रीदर १६० रुपैयाँ ६१ पैसा छ। हिजो युरो एकको खरिददर १६० रुपैयाँ ५६ र बिक्रीदर १६१ रुपैयाँ २६ पैसा थियो। आज पाउन्ड एकको खरिददर १८४ रुपैयाँ १९ र बिक्रीदर १८५ रुपैयाँ छ। हिजो पाउन्ड एकको खरिददर १८५ रुपैयाँ १५ र बिक्रीदर १८५ रुपैयाँ ९६ पैसा थियो।

आज अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ९० पैसा र बिक्रीदर ९० रुपैयाँ २९ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ १९ पैसा र बिक्रीदर ९० रुपैयाँ ५९ पैसा थियो। कुबेती दिनार एकको खरिददर ४४८ रुपैयाँ ४० पैसा र बिक्रीदर ४५० रुपैयाँ ३६ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४४९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४५१ रुपैयाँ ४१ पैसा थियो।

आज बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६४ रुपैयाँ ९९ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ १५ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ७४ पैसा थियो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology