आइतवार, भदौ १, २०८२
English
Follow us:

यी जिल्लामा छ आज भीषण वर्षाको सम्भावना

यी जिल्लामा छ आज भीषण वर्षाको सम्भावना

  • खबर सेवा

  • बुधबार, साउन १, २०८२

  • 99
    SHARES
यी जिल्लामा छ आज भीषण वर्षाको सम्भावना

काठमाडौँ। देशभरका विभिन्न जिल्लामा आज पनि बाढी र पहिरोको जोखिम देखिएको छ। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज ३० जिल्लामा बाढीको प्रभाव देखिने छ।

आज झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, इलाम, दोलखा, सिन्धुपाल्चोक, सोलुखुम्बु, संखुवासभा, सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, तनहुँ, कास्की, स्याङ्जा, बागलुङ, म्याग्दी, पर्वत, अर्घाखाँची, पाल्पा, सल्यान, अछाम, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना मध्यम छ।

बाढी मापन गर्दा कोशी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरुको बहाव सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology