अर्थ

बीपी राजमार्गमा रातिको समयमा गाडी नचल्ने

काठमाडौँ । बीपी राजमार्गअन्तर्गत काभ्रे–खण्डमा आज (बिहीबार) देखि रातमा १२ घण्टा गाडी चलाउन रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय धुलिखेलमा बसेको सुरक्षा समिति बैठकले काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सीमाना नेपालथोकसम्म एक महिनाका लागि रातमा गाडी चलाउन रोक लगाउने निर्णय गरेको हो।

मनसुनको यो बेला सम्भावित जोखिम न्यूनीकरणका लागि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म एक महिना रातमा गाडी चलाउन नदिने निर्णय भएको काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए।

यो अवधिमा काठमाडौँबाट छुट्ने गाडीलाई काभ्रेभञ्ज्याङ र काठमाण्डौ भित्रिने गाडीलाई सिन्धुलीको सिमाना नेपालथोकमा रोकिनेछ । तत्कालका लागि यात्रुबाहक र निजी गाडीलाई रोकिएको तर आकस्मिक र मालबाहक गाडीको हकमा नियम लागू नहुने उनले बताए।

गएको वर्ष असोजको बाढी–पहिरोले बीपी राजमार्गअन्तर्गत काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको आठ किलोमिटर सडकखण्डमा क्षति भएको थियो । पूर्वी नेपाल जोड्ने बीपी राजमार्गबाट दैनिक सयौं गाडी चल्छन्।

बाढी–पहिरोले राजमार्गको कूल १६० किलोमिटरमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किलोमिटर गरी ८४ किलोमिटर सडकको विभिन्न स्थानमा क्षति पुर्‍याएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रिया समेत अघि बढाइरहेको जनाएको छ।

 

सम्बन्धित समाचार

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

काठमाडौं। काठमाडौँको घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी भएको छ। शनिबार दिउँसो त्रिचन्द कलेज नजिकै रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगो...

कीर्तिमानी बन्यो डलरको भाउ

कीर्तिमानी बन्यो डलरको भाउ

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज ९शनिबार० का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। विगत केही दिनदेखि लगातार उच्च...

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...

कति छ विदेशी मुद्राको विनिमय दर?

कति छ विदेशी मुद्राको विनिमय दर?

काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...