साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाइने
काठमाडौं। सरकारले साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रुपमा मनाउने निर्णय गरेको छ। गएको असार २३ गते बसेको मन्त्रिपरिषद् बैठकले पहिलोपटक कोदो दिवस मनाउने निर्णय गरेको हो।
यसअघि कृषि अभियन्ताले साउन १५ गतेलाई अन्तर्राष्ट्रिय कोदो दिवसको रुपमा मनाउँदै आएका थिए। कोदो खेतीको संरक्षण र प्रवर्द्धनका लागि तरकारी तहबाटै अब कोदो दिवस मनाउने निर्णय भएको हो।
विगतमा कोदोलाई हेयको दृष्टिले हेरिन्थ्यो। कोदोलाई गरिब, निमुखाको खान्कीको रुपमा लिने चलन थियो। तर, पछिल्लो सयम सहरी क्षेत्रमा पनि कोदोको माग उच्च रुपमा बढ्न थालेको छ।
माग बढे पनि नेपालमा कोदोको उत्पादन भने घट्दै गएको छ। स्वदेशमा उत्पादन घट्दा र माग भने बढ्दै जाँदा गत आर्थिक वर्षका ११ महिनामा मात्रै मुलुकमा पौने अर्ब रुपैयाँ बराबरको कोदो विदेशबाट आयात भएको तथ्यांक छ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१र८२ को ११ महिनामा ७१ करोड ८७ लाख ८४ हजार रुपियाँ बराबरको कोदो आयात भएको छ।
११ महिनामा नेपालमा एक करोड ४३ लाख ५५ हजार १३६ केजी कोदो विदेशबाट आयात भएको छ । नेपालमा छिमेकी मुलुक भारत र चीनबाटा कोदो आयात हुने गरेको छ।
कृषि तथा पशुुपन्छी विकास मन्त्रालयका अनुसार आव २०८०र८१ मा दुुई लाख २४ हजार ९३५ हेक्टर क्षेत्रफलमा कोदो खेती हुँदा तीन लाख ७३२ मेट्रिक टन कोदो उत्पादन भएको थियो।
ताजा अपडेट
-
१.
इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति
-
२.
सुरक्षा थ्रेट बढेपछि गौरबहादुर कार्कीलाई सैनिक ब्यारेकमै राखिने
-
३.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
४.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
५.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी
काठमाडौं। काठमाडौँको घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी भएको छ। शनिबार दिउँसो त्रिचन्द कलेज नजिकै रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगो...
कीर्तिमानी बन्यो डलरको भाउ
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज ९शनिबार० का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। विगत केही दिनदेखि लगातार उच्च...
सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो
वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...
कति छ विदेशी मुद्राको विनिमय दर?
काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...




