विवादमा तानिएपछि भूमिमन्त्रीले भने : अडिओ सार्वजनिक गरेर आफ्नो चरित्र हत्या गरियो
काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले घुस लिएको भन्दै अडिओ सार्वजनिक गरेर आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएका छन्।
३२ लाख घुस रकम लिएको दाबीसहित नयाँ अडिओ क्लिप बाहिरिएपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले कास्कीको मालपोत अधिकृतको सरुवाका लागि केही व्यक्ति मन्त्रालयमा आएको र आफूले त्यसलाई नमान्दा अहिले अडिओ सार्वजनिक गरेर चरित्र हत्या गरिएको दाबी गरे।
‘यो शुद्ध चरित्र हत्या गर्ने प्रयास हो,’ मन्त्री अधिकारीले भने, ‘आफ्नो अभिष्ट पुरा गर्न खोजेका व्यक्तिहरुले त्यो पुरा गर्न मालपोत अधिकृतलाई सरुवा गराउन मन्त्रालय आएका थिए। मैले हुन्न भनेपछि यी कुरा आए।’
उनले आफू छानबिनका लागि खुला भएको समेत उल्लेख गरे। ‘म छानबिन गर्ने कुरामा खुला छु किनभने म संलग्न छैन। बोलेकै छैन, चिनेकै छैन,’ मन्त्री अधिकारीले भने।
ताजा अपडेट
-
१.
इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति
-
२.
सुरक्षा थ्रेट बढेपछि गौरबहादुर कार्कीलाई सैनिक ब्यारेकमै राखिने
-
३.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
४.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
५.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी
काठमाडौं। काठमाडौँको घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी भएको छ। शनिबार दिउँसो त्रिचन्द कलेज नजिकै रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगो...
कीर्तिमानी बन्यो डलरको भाउ
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज ९शनिबार० का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। विगत केही दिनदेखि लगातार उच्च...
सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो
वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...
कति छ विदेशी मुद्राको विनिमय दर?
काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...




